विदेशबाट फर्किएकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

काठमाडौँ, १४ माघ (रासस) : विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौ न दु व्र्यवहार गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका–७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

उनले म्यासेन्जरमा कुराकानी गरी ललाई फकाई, धाकधम्की र प्रलोभनमा पारी महिलाको न ग्न तस्वीर र भिडियो प्राप्त गरी निज महिलाका आफन्तलाई सार्वजनिक गरिदिने ध म्की दिएको ब्यूरोले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्कने क्रममा आज विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा ब्यूरोले उनलाई पक्राउ गरेको हो । खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।