जुम्लाको जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत

दिलमाया शाही/जुम्ला, १४ माघ । जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । २०६८ मा जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ जना रहेको थियो । १० वर्षअन्तरमा जुम्लाको जनसंख्या १० हजार ४ सय ५६ मात्रै वृद्धि भएको छ ।

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ । जिल्लामा सबैभन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । चन्दननाथ नगरपालिकाको जनसंख्या २० हजार ९ सय ७३ रहेको छ । पुरुष १० हजार ४ सय ७५ जना र महिला १० हजार ४ सय ९८ जना रहेका छन् । नगरपालिकाभित्र ४ हजार १ सय ६६ घरधुरी संख्या र ५ हजार ३ सय ६७ परिवार संख्या रहेको छ । गुठीचौर गाउँपालिकाको जनसंख्या १० हजार ८ सय ९१ रहेको छ ।

पुरुष ५ हजार ३ सय ४४ र महिला ५ हजार ५ सय ४७ जना रहेको छ । गुठीचौर गाउँपालिकाको घरधुरी संख्या २ हजार २०५ वटा र परिवार संख्या २ हजार ४ सय ५१ रहेको जिल्ला तथ्यांक कार्यालय जुम्लाले जनाएको छ ।
यस्तै हिमा गाउँपालिकाको जनसंख्या १२ हजार ८ सय ४ जना रहेको छ । जसमा पुरुष ६ हजार ३८८ जना र महिला ६ हजार ४ सय १६ जना रहेको छ । हिमाको घरधुरी संख्या २ हजार ६२ र परिवार संख्या २ हजार १०४ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको जनसंख्या १३ हजार ६८७ जना रहेको छ । पुरुष ६ हजार ८०७ जना र महिला ६ हजार ८८० जना रहेको छ ।

पातारासी गाउँपालिकाको जनसंख्या १६ हजार ८८१ जना रहेको छ । जसमा पुरुष ८ हजार ३४९ जना र महिला ८ हजार ५३२ जना रहेको छ । पातारासीको घरधुरी संख्या ३ हजार १९१ वटा र परिवार संख्या ३ हजार ३७४ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख गरिएको छ । सिंजा गाउँपालिकाको जनसंख्या १२ हजार ७५५ जना रहेको छ । जसमा पुरुष ६ हजार ५६१ जना र महिला ६ हजार १८३ जना रहेको छ । सिंजामा घरधुरी संख्या २ हजार २७१ जना र परिवार संख्या २ हजार ४२७ रहेको छ ।

तातोपानी गाउँपालिका जनसंख्या १५ हजार ७२१ जना रहेको छ । पुरुष ७ हजार ७२८ जना र महिला ७ हजार ९९३ जना रहेको जनाएको छ । तातोपानीमा घरधुरी संख्या ३ हजार १९० वटा र परिवार संख्या ३ हजार ३२१ रहेको छ । तिला गाउँपालिकाको जनसंख्या १४ हजार ६९२ जना रहेको छ । जसमा पुरुष ७ हजार २६१ जना र महिला ७ हजार ४३१ जना रहेको छ । घरधुरी संख्या २ हजार ५८२ वटा र परिवार संख्या २ हजार ६६६ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖