श्रीमतीको उपचार अभावमा काठमाडौंमा छटपटाउँदै मुगु ७१ वर्षीय मान्ते शाही

खड्क सुनार/माघ, मुगुको सोरु गाउँपालिका-४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाही श्रीमती हाँसु शाहीको औषधि उपचार गर्न काठमाडौंको पाटन अस्पताल आए । ६७ वर्षीय उनकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला पर्दै गएपछि ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक उनी उपचार गर्न काठमाडौं आएका हुन् ।

तर, यतिबेला उनले बोकेको पैसा सकिएको छ । आफै अरूको सहारा बन्नुपर्ने बेलामा श्रीमतीको सहारा बनिरहेका ७१ वर्षीय शाही उनको उपचारका लागि हात थापिरहेका छन् ।गाउँबाट ऋण सापट गरी ल्याएको रकम काठमाडौं आउँदा बाटोमै सकिँदा शाहीलाई श्रीमतीको औषधि उपचार गर्न निक्कै समस्या भएको छ ।
दमकी बिमारी श्रीमती पाटन अस्पतालको बेडमा छटपटाई रहेकी छन् । उनी औषधिको जोहो गर्न अस्पतालको गेटमा छटपटाइरहेका छन् ।

‘रुपैयाँ छैन । डाक्टरले यो औषधि किन्नु पर्‍यो त्यो औषधि किन्नु पर्‍यो भन्नु हुन्छ,’ उनले भने । उनले अस्पताल बेडमा रहेकी श्रीमतीको मुख हेर्दै आँसु पुच्नु बाहेक आफूसँग अन्य विकल्प नरहेको बताएका छन् ।उनले आफ्नै भोक मेट्नसमेत गाह्रो भइरहेको बताएका छन् । उनी बिमारी श्रीमती बोकेर गत मंसिर २३ गते घरबाट बाजुराको कोल्टी हुँदै नेपालगञ्ज पुगे । केहीदिन नेपालगञ्जमै आफन्तकोमा डेरा गरेर बसे । उनले त्यही श्रीमतीको उपचार गरे ।

काठमाडौंमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेका उनी श्रीमतीसहित काठमाडौं पुगे । उनका आफन्तले पाटन अस्पताल पुर्‍याएर भर्ना गरिदिए । तर, यतिवेला उनलाई आर्थिक अभावले श्रीमतीको उपचारमा समस्या भइरहेको छ ।पाटन अस्पतालको तीन तलामाथि आइसियू रुमको ७ नम्बर बेडमा उनकी श्रीमतीको उपचार भइरहेको छ । वृद्ध शाहीको शरीरलाई तीनको दर्जनौं पटक तलमाथि गर्न पनि सकस छ ।

चिकित्सकले अक्सिजन दिएर उपचार गरिरहेका भए पनि शाहीलाई औषधिकै जोहो गर्न पैसाको निकै समस्या छ । काठमाडौंमा ज्यालामजदुरी गर्दै आएका उनका छोरी ज्वाइँ पनि अस्पतालमै छन् ।उनीहरूसँग पनि पैसा छैन । भएको पैसा दिएका उनीहरूलाई पनि अब उपचार खर्च कसरी जुटाउने भन्ने समस्या छ । आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन शाही अस्पताल पुगेका छन् । घरमा भएको पैसा बोकेर आएका उनीसँगको पैसा पनि सकिएको छ । उनले गह भर्दै अब आमालाई कसरी बचाउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।