चाेरीकाे माेटरसाइकलसहित तीन जना पक्राउ

एसवी थापा/ सर्लाही,१८ माघ । सर्लाहीकाे लालबन्दीबाट प्रहरीले चाेरीका माेटरसाइकलसहित तीन जनालाई पक्राउ गरेकाे छ ।

लालबन्दी नगरपालिका-५, का सूर्यदीप चाैधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका-१५ का साेमबहादुर रेग्मीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथाेकीले जानकारी दिए ।

७ माघमा लालबन्दी नगरपालिका-५, का ज्ञानबहादुर क्षेत्रीकाे माेटरसाइकल घरकाे बरन्डाबाट चाेरी भएकाे थियाे । प्रदेश २-०३-००१ प १०१९ नम्बरकाे माेटरसाइकलसहित तीन जना पक्राउ परेका हुन् ।

स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण
मङ्गलबारे, १८ माघ (रासस) :सहयात्रा नामक संस्थाले इलामका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको तेस्रो लहर बढेसँगै सतर्कता अपनाउन आग्रहसहित इलामको रोङ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

। अर्जेन्ट एक्सन फण्डको आर्थिक सहयोगमा गाउँपालिकालाई विभिन्न छ प्रकारका १८ थान स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । यसरी हस्तान्तरण गरिएका सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर एक थान, प्यासेन मनिटर एक थान, सक्सन मेसिन एक थान, नेबुलाइजर एक थान पिपिइ सेट १० थान वितरण गरेको हो । त्यस्तै धोएर पनि प्रयोग गर्न मिल्ने (वासएबल) गाउन चार थान प्रदान गरिएको हो । गाउँपालिकामा एक कार्यक्रममा सहयात्रा नेपाल इलामका अध्यक्ष हेमकुमारी शिवाले गाउँपालिकाका अध्यक्ष शम्सेर राईलाई सो सामग्री हस्तान्तरण गर्नुभयो ।

स्वास्थ्य सामग्री पालिकाको कोभिड अस्थायी अस्पताल इरौँटारलाई कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि प्रयोगमा ल्याउने अध्यक्ष शम्सेर राईले बताउनुभयो । यस्तै यस संंथाले यसअघि पनि जिल्लाका अन्य स्थानीय तहलाई सामग्री वितरण गर्दै आएको छ ।

गरिब र विपन्न वृद्धवृद्धालाई न्यानो कपडालगायत खाद्यान्नसमेत वितरण गर्दै आएको संस्थाका सविता पाण्डेले बताउनुभयो । उहाँले अब पनि अन्य स्थानीय तहलाई स्वास्थ्य सामग्री तथा विपन्नलाई सामग्री हस्तान्तरण गरिने बताउनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।