भित्तगौँडाको चट्टानी भाग छिचोल्ने कार्य सुरु

सुरेश परियार/हुम्ला, १८ माघ ।पूर्वधार विकास कार्यालय हुम्लाले खार्पुनाथ-च्वाखोला-टापुलेख जोड्ने सडकअन्तर्गत सिमकोट गाउपालिका- २ ठेहेस्थित भित्तगौँडाको कडा चट्टानी भाग छिचोल्ने कामले तीव्रता पाएको छ । असाेज २०७६ मा सम्झौता भएको यस सडकक्षेत्रमा ठूलो चट्टानी भाग छिचोल्ने कामले दुई वर्ष बितेपछि तीव्रता पाएको हो ।

सडक निमार्णका लागि लामो समयदेखि विस्फोटक पदार्थको अभावले सिमकोट-२ मा रहेको भित्तगौँडाको सडक निमार्णको काम रोकिएको पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीले जानकारी दिए ।

खार्पुनाथ-च्वाखोला-टापुलेख जोड्ने सडकअन्तर्गत थत भित्तगौँडामा चार मिटर कडा चट्टान छिचोल्न १५ महिनापछि विस्फोटक पदार्थ बल्ल उपलब्ध गराउन सफल भएपछि काम अगाडी बढेको कार्यालय प्रमुख ऐडीले बताए ।

हिमाली जिल्ला हुम्लामा हिउदको मौसमी वर्षा, हिमपात, कोभिडजस्ता समस्या आएपछि निर्माण सामग्री उपलब्ध गराउन ढिला भएकाले काममा ढिला भएको कार्यालय प्रमुख ऐडीले बताए ।

कार्यालय प्रमुख ऐडीका अनुसार भित्तगौँडाको कडा चट्टानी भाग अबको दुई/तीन महिनाभित्रै छिचोलेर सकिनेछ । यो क्षेत्रमा अझ कडा चट्टान भएकाले काम गर्न कठिनाइ भएको छ । चट्टानी भाग छिचोल्ने काम ढिलासुस्ती भएपछि स्थानीयलाई समेत आवतजावतमा समस्या हुँदै आएको छ ।

१४ माघ २०७८ हुम्लास्थित नेपाली सेनाको दश जनाको टोली गएर फिस्फाेट गरेको भए पनि अझै भिर विस्फोटन गर्न समय लाग्ने उनले बताए ।

चट्टानी भाग छिचोल्ने कार्य भईरहेकाले सिमकोट गाउँपालिका- १ र २ र खार्पुनाथ गाउँपालिका-५ का ताक्ला, बाम्टाका नागरिकलाई आवतजावतमा समस्या निम्तिएकाे साथै खार्पुनाथ शिवालय त्यही ठाउँमा रहेकाले तिर्थालुदेखी दाहासंस्कारको लागि पनि समस्या भएको ठेहेका नागरिक जडिबुटी व्यवसाय संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।