मर्स्याङदी गाउँपालिकाले होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख

लमजुङ,१९ माघ/लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै हाेमस्टे, ‘रक क्लाइम्बिङ’, मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेकाे छ ।

पाँच वटा होमस्टेले २/२ लाख रुपैयाँ पाएका छन् । घनपोखरा होमस्टे, सिउरुङ होमस्टे, खानीगाउँ (रक गार्डेन) होमस्टे, भुष्मे होमस्टे र भलामचौर होमस्टेलाई २ लाखका दरले बजेट विनियोजन गरिएकाे गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

रकमबाट आवश्यकता अनुसार संरचना निर्माण, पूर्वाधार विकास तथा विविध क्रियाकलाप गर्न पाइनेछ ।दुई वटा ‘रक क्लाइम्बिङ’ लाई पनि बजेट दिइएकाे छ । मर्स्याङदी ४, च्याम्चेमा रहेको तारेभिर ‘रक क्लाइम्बिङ’ लाई पाँच लाख र घनपोखरका तेम्रो झरना पर्यटन विकासका लागि बान्द्रेभिर ‘रक क्लाइम्बिङ’ अध्ययनका लागि एक लाख बजेट दिइएकाे छ ।

ताङलीचोकमा रहेको डा. हर्क गुरुङ पार्क प्रवर्द्धनका लागि दुई लाख, भिरपुस्तुन कालिका मन्दिर संरचना निर्माणका लागि दुई लाख र पालिका अन्तर्गत आवश्यकीय पर्यटन प्रवर्द्धनका लागि एक लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले जनाएको छ ।

पर्यटकीय गन्तव्य हर्सिङ डाँडामा खानेपानी तथा शौचालय संरचना निर्माण तथा व्यवस्थापनका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।