सुत्केरी गराउन भरोसा बटुल्दै गाउँका स्वास्थ्य संस्था

हेमन्त केसी/जाजरकोट , १९ माघ । गाउँगाउँमा जनचेतना बढेसँगै सुरक्षित रुपमा सुत्केरी हुनेको संख्या ह्वात्तै बढेको छ । सदरमुकामस्थित स्वास्थ्य संस्था र पालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी हुन आउने महिलाको संख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । सञ्चार माध्यमको प्रभावका साथै साक्षर हुनेको संख्या बढेको कारण सुरक्षित रुपमा सुत्केरी हुनेको मात्रा बढेको हो । गर्भजाँच समेत बढेको छ । गर्भवती नभएका महिलाहरू समेत स्वास्थ्य जाँचको लागि चनाखो भएर स्वास्थ्य संस्थामा पुग्ने गरेको पालिकामा रहेका स्वास्थ्यकर्मीले बताएका छन् ।

दुर्गममा क्षेत्र बसोबास गर्ने महिलाहरू गर्भवती हुँदा सुत्केरी हुने समय नजिक आउँदा स्वास्थ्य संस्थाको पहुँच हुने ठाउँमा अस्थायी रुपमा बसेर सुत्केरी सेवा लिने गरेको आफूले पाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । उनले भने, ‘हामीले गर्भवतीलाइ सुरक्षित रुपमा स्वास्थ्य संस्था ल्याउन र लिनका लागि एम्बुलेन्स सेवा समेत दिएका छौँ । आर्थिक रुपमा हैसियात हेरेर भाडा दर समेत निर्धारण गरिएको छ ।’

‘घरघर झण्डा, सुत्केरीलाई अण्डा’ कार्यक्रम सञ्चालन गरेर थप सुत्केरीको स्याहार सुसारमा ध्यानसमेत दिएकाे जानकारी दिएका उनले अघिल्लो वर्ष सुत्केरी भर्ना दर समेत राम्रो भएको र यो वर्ष समेत अत्यधिक रहेकाे बताए । जुम्लाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिकामा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको दर बढेको पाइएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले दिएको जानकारी अनुसार अघिल्लो दुई आर्थिक वर्षमा शत प्रतिशत सुत्केरीहरू स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको रेकर्ड छ । सुत्केरी तथा गर्भवतीलाई प्रोत्साहन थप व्यवस्था गर्दा नतिजा राम्रो आएको उनले बताए । यो पालिका दुई आर्थिक वर्षमा दोस्रो र पहिलो भएको छ । पश्चिमका छेडागाड , शिवालय र जुनिचाँद र कुशे गाउँपालिकामा सुत्केरी हुने अपेक्षा गरिएको भन्दा कमजोर छ । भेरी, नलगाड, बारेकोटमा भारी सुधार आएको बताएको छ ।

स्वास्थ्य सेवा कार्यालयमा जाजरकोटमा सुत्केरी हुन आउनेको संख्या बढेको छ । गएको वर्ष २४१ जना महिलाहरू जिल्ला अस्पताल जाजरकोटमा सुत्केरी हुन आएका थिए । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत सीएनएम नारायणी शाहका अनुसार आफ्नो १९ वर्षकाे अनुभवमा गएका वर्षहरू भन्दा धेरै महिलाहरूले अस्पतालमै बच्चा जन्माउने गरेका छन् ।

भेरी नगरपालिका-१ पिपेकी गीता पुनले आफू गाउँको भए पनि बच्चाको जन्म दिन सदरमुकाम पुगेको बताइन् । अस्पताल वा नजिकैको स्वास्थ्य केन्द्रमा बच्चा जन्माउने संख्यामा वृद्धि भएको देखिन्छ । एक महिनामा १६/१७ जना अस्पतालमा बच्चा जन्माउन महिला आउने गरेका शाहले बताए ।

अस्पतालमा सुत्केरी हुन आउँदा दुई हजार रुपैया दिने गरिएको छ । ८०० रुपैयाँ गर्भजाँच गरेमा दुई हजार प्रदेश सरकारले समेत थप पोषण भत्ता दिने गरेको छ । साथै अस्पतालबाट न्यानो झोलासमेत दिने गरिएको डा. औंसर सिंह राठौरले जानकारी दिए ।

जटिल अवस्थाकाे पनि सफल शल्यक्रियाबाट बच्चा जन्माउन सकिएकाे र यसबाट आमा र बच्चा दुवैकाे ज्यान बचाउन सफल भएकाे राठौरले जानकारी दिए । रगत नहुँदा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीले रगत दिएर नै धेरै व्यक्तिको ज्यान बचाउने गरिएकाे छ । जिल्लामा ५० शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरण पुगेसँगै सेवा विस्तारको थप अपेक्षा गरिएको छ । अक्सिजन पलान्ट समेत सञ्चालनमा आएको छ । पालिका स्तरमा समेत सेवा विस्तारसँगै सुत्केरी हुने दर बढेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।