बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दु’र्घटना, ६ जनाको मृ’त्यु
प्युठान, २२ माघ /प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दु र्घटना हुँदा ६ जनाको मृ त्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दु र्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दु र्घटनामा ६ जनाकाे ज्यान गएकाे छ । मृ तक पहिचान खुल्न सकेकाे छैन । बेहुलासहित सात जना घाइते भएका छन् ।
जीप खाेल्सामा खसेकाे थियाे ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए ।


