उखुबारी ह त्यामा संलग्न थप २ जना पक्राउ

काठमाडौं । मोरङ उखुबारी ह त्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नं ६ जिरोगौवा बस्ने १८ वर्षीय मोहमद हकिम रहेका छन्।

प्रहरीले उनीहरूलाई सुनसरीका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भुकुमार चौधरीको ह त्या गरी खाल्डो खनी गाडेको कसूरमा शुक्रबार विराटनगरबाट पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथाम गाउँपालिका- ७ मा भेटिएको थियो । उखुबारीमा गाडिएको अवस्थामा माघ १३ र १४ गते उत्खनन् भएको थियो। बेपत्ता रहेका ६२ वर्षीय लिम्बुको बिहीबार ललितपुर महानगरपालिका- १२ ठेँचोमा गाडिएको अवस्थाको शव उत्खनन् भएको हो।

प्रहरीका अनुसार सुरूमा लिम्बु र त्यसपछि श्रेष्ठ र चौधरीको ह त्या भएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।