विपद् समितिले हिउँ पन्छाएपछि हवाई सेवा सुचारु

दिलमाया शाही/जुम्ला, २२ माघ ।जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु भएको छ । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चन्दननाथ नगरपालिका, सडक डिभिजन कार्यालयलगायतको टोलीले धावनमार्गको हिउँ पन्छाएको छ । हिउँ पन्छाएसँग दुई वटा हवाइजहाजले उडान भरेका छन् ।

धावनमार्गमा हिउँ हटाएपछि आजैदेखि हवाई सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘धावनमार्गमा झण्डै एक फिट हिउँ जमेको थियो ।’

हिउँ पन्छ्याउनका लागि नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी बलका एसपी चित्राङगत दाहाल, नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्द, राष्ट्रिय प्रहरी अनुसन्धानका डिएसपी राजकुमार न्यौपानेले टोली लिएर बिहानै धावनमार्गमा पुगेका थिए ।

यसअघिका वर्षमा हिउँ परे पनि यो वर्ष विमानस्थलमा सबैभन्दा बाक्लो हिउँ जमेको थियो । यसअघिका वर्षमा एकै दिनमा हिउँ बिलाएर धावनमार्ग सुक्ने गरेकोमा यस वर्ष ठूलो जनशक्तिले हिउ पन्छ्याउनु परेको बताइएको छ । बाक्लो हिमपातका कारण तीन दिनदेखि हवाई उडान प्रभावित बनेको थियो ।

जुम्लामा लामो समयपछि ठूलो हिमपात भएको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले बताइन् । हिउँ पन्छाउन नगरपालिकाले डोजर, जिप र ट्याक्टर लिएको थियो ।

नेपाली सेनाले ट्रक, भ्यान, सशस्त्र प्रहरीले भ्यान र जिल्ला प्रशासन कार्यालयको गाडी लिइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।