हिमपातले प्रभावित हवाई उडान

खड्क सुनार/मुगु, २३ माघ । हिमाली जिल्ला मुगुमा आइतबारबाट नियमित रूपमा हवाई उडान सुचारु भएको छ । शुक्रबार मध्यान्हदेखि परेको निरन्तर हिमपातले मौसममा आएको खरावीका कारण हवाई सेवा अवरुद्ध भएको थियो । मौसममा सुधार आए पश्चात् आइतबारबाट नियमित उडान सेवा सुचारु भएको हो ।

हिमपातपछि मुगुमा पहिलो पटक समिट एयरले उडान भरेको थियो । पुस महिनामा पनि हिमपातले हवाई उडान एक साता प्रभावित बनेको थियो ।

तेस्रो पटकको हिमपातमा मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित हवाई उडान भरेका छन् ।

दुई दिनसम्म रारा विमानस्थलमा हवाई जहाजले उडान नभर्दा यात्रु मर्कामा परेका थिए । शुक्रबारदेखि लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध बनेको थियो ।

अझै पनि कर्णाली राजमार्गको माग्न-गमगढी सडक सुचारुमा आउन सकेको छैन । सडक खुलाउन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

रारा विमानस्थलबाट मुगुदेखि नेपालगन्जसम्म जाने र नेपालगन्जदेखि मुगुसम्म हवाई जहाजले नियमित उडान भरेको कर्णाली टुर एण्ड ट्राल्भस मुगुका इन्चार्ज डिवी मल्लले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।