हिमपातले चार दिनदेखि मध्यपहाडी राजमार्ग ठप्प

गलकोट, २४ माघ । हिमपातका कारण शुक्रबारदेखि बन्द भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै खुल्न सकेको छैन । हिमपातले मध्यपहाडी राजमार्गको बागलुङ खण्ड चार दिनदेखि अवरुद्ध बनेको हो ।

वर्षासँगै परेको हिमपातले बागलुङको माथिल्लो क्षेत्र अझै पनि सेताम्मे छ । शुक्रबार रातिदेखि परेको हिमपातले शनिबार बिहानसम्म बागलुङका ग्रामीण क्षेत्र पनि हिउँले सेताम्मे बनेका थिए । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ–पूर्वी रुकुम सडक खण्ड ठप्प भएको छ ।

बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा अत्यधिक हिमपात भएपछि यातायात ठप्प भएको हो । निसीखोलाको सीप क्षेत्रदेखि माथिल्लो भेगमा दुई फिटभन्दा बढी हिउँ जमेको हुँदा सडक अवरुद्ध भएको स्थानीयवासी अबिन घर्ती मगरले जानकारी दिनुभयो । उहाँले सिमानाभन्दा तल्लो क्षेत्रमै दुई फिटभन्दा बढी हिउँ जमेको भन्दै सिमाना अझ बढी हिउँ भएको बताउनुभयो ।

काठमाडौँदेखि पूर्वी रुकुमका लागि छुटेका गाडी रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरुलाई यातायातमा समस्या भएको छ । बागलुङ हुँदै पोखरा, काठमाडौँलगायत देशका मुख्य सहरमा जाने यात्रु सडक अवरुद्धका कारण रोकिनु परेको छ । यस क्षेत्रमा यो तेस्रो पटकको हिमपात हो । पहिलो र दोस्रो पटक हिमपात हुँदा केही कम परेको भए पनि यस पटक भने अत्यधिक परेको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले अवरुद्ध भएको लोकमार्ग तत्काल खुलाउन नसकिने बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।