सौताको ह,त्या गरेर घर नजिकै बाँझो खेतमा फालेपछि…

ह,त्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका-२, मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् । महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको ह,त्याको आरोपमा प,क्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई प,क्राउ गरिएको हो । प,क्राउ परेकी नारुले बयानका क्रममा सौताको ह,त्या गरेको स्वीकार गरेको शाहीले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो खेतमा मृ,त फेला परेकी थिइन् । उनको घाँटी र मुखमा चो,ट थियो । नारुले घटनाअघि पनि चन्द्रालाई कु,टपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो पनि पढ्नुहोस्…वालिङ, २६ माघ। स्याङ्जाको वालिङ नगरपालिकाले आप्रवासीको तथ्याङ्क सङ्कलनको तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा नगरपालिकाले गणकलाई तालिम दिइ आजदेखि परिचालन गर्दैछ ।वालिङ नगरभित्रका नागरिक वैदेशिक रोजगारीमा गएका वा गएर फर्केकाको तथ्याङ्क सङ्कलन गर्ने, उनीहरुको सीप, योग्यतालगायत विवरण सङ्कलन गरिने नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुुभयो ।

“वालिङका नागरिक वैदेशिक रोजगारीमा कति छन्, कति फर्किए, उनीहरुसित के–कस्तो सीप छ वा बेरोजगार छन् यी सबै विवरण गणकले घर–घरमै पुगेर सङ्कलन गर्नेछन्”, उहाँले भन्नुभयो, “इच्छुकको नामावली, सीप, क्षमता, योग्यतालाई ‘रोजगार पोर्टल’ निर्माण गरी राख्ने योजना छ ।” ‘रोजगार पोर्टल’ मा इच्छुकको नामावली राखेसँगै उद्योग तथा कलकारखानालाई आवश्यक पर्दा सहजरूपमा उपलब्ध गराउन सकिने छ । “वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाको सीप, क्षमताको विवरण ‘रोजगार पोर्टल’मा उल्लेख गरिन्छ”, उहाँले भन्नुभयो, “सोही पोर्टलमा उद्योग तथा कलकारखानालाई आवश्यक पर्ने जनशक्तिको पनि विवरण राखिने छ, कामदारले काम पाउने र उद्योगले कामदार पाउन सहज हुने छ ।”

वालिङका कति नागरिक वैदेशिक रोजगारीमा छन्, कति फर्किएका छन्, फर्किएका वालिङका नागरिकको स्थिति के छ भन्ने बुझ्नका लागि १४ वटै वडामा गणक खटाइएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । “एक महिनासम्म १७ गणकले गाउँ–गाउँमा पुगेर विवरण सङ्कलन गर्नेछन्”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा गएका वा फर्केका यहाँका नागरिकको अवस्थाका बारेमा यथार्थ जानकारी भएसँगै यससम्बन्धी आगामी दिनमा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउन सहज हुने छ ।”

कोभो एप्स’को प्रयोग गरेर गणकले डिजिटल प्रविधिबाट तथ्याङ्क सङ्कलन गर्नेछन् । वैदेशिक रोजगारीमा गएका नागरिकले पठाउने रेमिट्यान्स र घरपरिवारले त्यसको प्रयोग के काममा गरेका छन् भन्ने विवरणसमेत गणकले घर–घरमै पुगेर लिने भट्टराईले बताउनुभयो । सत्र गणकलाई दुईदिने तालिम दिएर आजदेखि वडा–वडामा जिम्मेवारी दिएर पठाइएको सुरक्षित आप्रवासन परियोजना (सामी) स्याङ्जाका कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिनुभयो ।

यथार्थ र तथ्यपरक विवरण सङ्कलनका लागि गणक घर–घरमा गए–नगएको एप्समार्फत नै निगरानी गरिने उहाँले बताउनुभयो । “गणकले एप्सको प्रयोग गरेर दुई प्रकारबाट विवरण सङ्कलन गर्नेछन्”, सापकोटाले भन्नुभयो, “एउटा वैदेशिक रोजगारीमा गएर फिर्ता भएका व्यक्ति र अर्को वैदेशिक रोजगारीमा रहेकाको घरपरिवारबाट फरक–फरक विवरण सङ्कलन हुनेछ ।” उनीहरुलाई वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्ति र वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारलाई लक्षित गरेर विवरण सङ्कलन गरी डिजिटल प्रविधिमार्फत भर्ने तरिका सिकाएर पठाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।