तनहुँका एक व्यक्ति काभ्रेबाट बेपत्ता

तनहुँ, २८ माघ/तनहुँको शुक्लागण्डकी नगरपालिका-१० बाङराङका तोलानारायण श्रेष्ठ (टिकाराम) काभ्रेबाट बेपत्ता भएका छन् । ४२ वर्षीय श्रेष्ठ २१ माघदेखि बेपत्ता भएका हुन् ।

काभ्रेको धुलिखेलस्थित आफन्तकोमा गएका उनी आफन्तकै घरबाट बेपत्ता भएको भाइ धननारायण श्रेष्ठले बताए । बिहान ४ बजे जुत्ता चप्पलसमेत नलगाईकन हराएका दाजु अझै फेला नपरेको उनको भनाई छ । गहुँगोरो वर्णका श्रेष्ठले निलो रङ्गको जिन्स पाइन्ट र कालो, सेतो रंग मिश्रित ज्याकेट लगाएका थिए । ‘दाजुको रुमाल घरी घाँटीमा राख्ने घरी टाउँकोमा बाँध्ने बानी छ’, उनले भने ।

वैदेशिक रोजगारिको शिलशिलामा साउदी अरेबिया रहेका उनी दुई महिना अगाडि घर फर्किएका थिए । १६ माघमा उनी तनहुँबाट काभ्रेस्थित आफन्तकोमा गएको परिवारले जनाएको छ । उनलाई देख्ने कसैले नजिकको प्रहरी कार्यालयमा वा ९८६९२७००१५, ९८२३५३६६०३ सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।