सप्तरीकोसी नगरपालिकामा ताला लगाउने क्रममा झडप, दुई जना घाइते

सुधा देव/ सप्तरी, ८ फागुन । सप्तकोसी नगरपालिकामा आइतबार झडप हुँदा एक वडा अध्यक्षसहित दुई जना घाइते भएका छन् । चार दलका कार्यकर्ताले लगाएको ताला फुटाएपछि पुन: आइतबार ताला लगाउने क्रममा झडप भएको हो ।

६ बुँदे माग राख्दै बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । जनप्रतिनिधिले गत शुक्रबार ताला खोलेर काम सुरु गरेपछि झडप भएको स्थानीयले बताए ।

झडपका क्रममा सप्तकोशी नगरपालिका-४ का वडा अध्यक्ष बद्रिनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते भएका छन् । घाइते दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

अप्रिय घटना हुन नदिन नगरपालिका कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका सबै ११ वटै वडाका योजना कार्यान्वयन गर्नुपर्ने, बेरुजुको विवरण र आन्तरिक लेखा परीक्षणको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै चार दलले २४ माघमा नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रको बेवास्ता गरेको भन्दै उनीहरूले तालाबन्दी गरेको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।