श्रीमानले नै साथीहरुसँग मिलेर यसरी गरे श्रीमतिको ह’त्या

महोत्तरी, ८ फागुन । महोत्तरीको सागरनाथ जंगलभित्र मृ त अवस्थामा फेला परेकी महिलाको हत्या गरी फालिएको पाइएको छ । ह त्यामा सग्लन भएको आरोपमा मृ तकका श्रीमान अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।५ दिन अगाडी गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार जाने बाटोमा रेल्वे लिकभन्दा ५ सय मिटर अगाडी पहिचान खुल्न नसकेकी मृ त महिला भारतको सितामाढीकी राधा भनिने अपसना खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कसरी ह त्या भयो ?

मृ तक राधा भनिने अपसना खातुन सर्लाहीमा ज्याला मजदुरी गर्ने गर्थिन् । यसैक्रममा २ बर्ष अगाडि पेटी ठेक्कापट्टा गर्ने अजय तिवारीसग भेट भयो ।अजय र राधाको नजिकपना बढ्दै गएपछी उनीहरुको समबन्ध प्रेमसम्बन्धमा रुपान्तरण भयो । उनीहरुले प्रेमसमबन्धलाई २ बर्ष अगाडीमात्र विवाहमा परिणत गराएका थिए ।

राधाको अजयसग दोश्रो बिवाह हो । २ बर्ष अगाडि नै राधाको पहिलो श्रीमानसँग सम्बन्ध बिग्रिएपछी उनी तनावमा थिइन् । सोही समयमा अजयसँगको भेट भएको थियो । उनका पहिलो श्रीमानको घर भारतको उत्तर प्रदेशमा हो ।

पहिलो श्रीमानबाट राधाका दुई छोरा छन् । दुई छोराहरुको पालन पोषणको सर्तमा हत्या आ रोपित दोश्रो श्रीमान अजय साहले दुई वर्ष अगाडि विवाह गरे । नेपालमा बसेर काम गरेपनि अजय र मृ तक राधाको माइती भारतको सितामाढी नै हो ।अजयले प्रहरीलाई दिएको बयान अनुसार राधाले अजयलाइ उनको घर भारतको बिहार प्रदेशस्थित सितामाढी लैजान निक्कै कर गरिन् ।

अजयले राधालाई घर लिएर गए । तर उनीहरुको सम्बन्धलाई परिवार र समाजले स्वीकार गरेन । त्यसपछि उनीहरु पुन; जब सर्लाही नै फर्किए सर्लाहीस्थित मलङगवामा कोठा भाडामा लिएर बसेका उनीहरुको दैनिक जेनतेन चलिरहेको थियो। राधाले श्रीमान् अजयलाई कोट म्यारिज गर्न, अधिकार दिन दबाब दिइन् ।

अजयले प्रहरीलाई दिएको बयानअनुसार आर्थिक कारोबारमा समेत राधाले बिस्तारै अजयलाइ तनाब दिन थालिन् । तुरुन्त अधिकार नदिलाए जवर्जस्त क रणी को मु द्दामा फसाउने समेत धम्की दिएपछी अजयले त्यो तनाव झेल्न नै सकेनन ।

कसरी भयो ह त्याको योजना ?

अजयको अनुसार ७ महिनाको ग र्भवती समेत रहेकी राधाले निक्कै त नाव दिएपछि उनले उक्त पीडा आफ्ना साथीभाइलाई पनि भने ।साथीभाई कै योजनामा अजयले भित्रभित्रै राधालाई जीवनवाट नै पन्छाउने योजना बुन्दै गए । लामो छलफलपछी अजयका साथी प्रमोद राउत र सँगै काम गर्ने एक जनाले ह त्याको योजना बताए । प्रमोदले महोत्तरीको सागरनाथ जंगलमा लैजाने र त्यही ह त्या गर्ने सुझाएपछी अजय र उनका सहयोगी पनि तयार भए ।

२ फाल्गुनमा मेला हेर्न महोत्तरीको गौशालामा जाने भनेर सुनाएपछी राधा पनि निक्कै खुसी भइन् । श्रीमान अजय महतोले पहिलो आफूसँग विवाह गरे आउनु अघिका २ छोराहरुलाई पनि सँगै लिएर गए । साथमा प्रमोद राउत र अजयका अर्का एक जना सहयोगी पुरुष पछि-पछि थिए । उनीहरुले महिलालाई सागरनाथ जंगलको रेल्वे ट्र्याकमा लगेर सलले घाटीमा तीन फ न्को बाँ धे । दुवै जनाले राधालाई समाएर कन्चट र छातीमा ला त्ता हाने । त्यसपछी पेटमा लाताले हा नेर ह त्या गरेपछि उनीहरुले रेल्वे ट्र्याकवाट २ सय मिटर अगाडि ल्याएर श व छाडेर भागे ।

अभियुक्त कसरी पक्राउ परे ?

महिलाको घाटीमा निलडाम र शरीरका विभिन्न भागहरुमा चोटपटक देखेपछि प्रहरी घटनाको अवस्था हेर्दै ह त्या नै भएको निष्कर्षमा पुगेको थियो ।अझ २ फाल्गुनमा बेवारिसे अवस्थामा गौशालामा नै फेला परेका दुई बच्चा प्रहरीलाई अनुसन्धान गर्न निक्कै सहज बन्यो । दुई बच्चा मध्य एउटा बच्चालाई बुवाको नाम सोधपुछ गर्दा अजय बताएपछी प्रहरीले त्यसलाई पनि आधार बनायो ।

प्रारम्भिक अनुसन्धानमा आएका हरेक प्रमाणहरुलाई आधार बनाएर महोत्तरीको प्रहरीमात्र हैन सर्लाही र भारतमा समेत प्रहरीले निगरानी बढायो ।इलाका प्रहरी गौशाला, जिल्लाको अनुसन्धान बिभाग र प्रदेशका प्रहरीले घटनालाइृ सुक्ष्म अध्ययन गरेपछि प्रहरीको आशंका श्रीमान तर्फ मोडियो ।त्यस्को ५ दिनपछी भारतीय प्रहरीको सहयोग नेपाल प्रहरीले हत्याको आ रोपित अजय महतो र प्रमोद राउतलाइ भारतको सितामाढीबाट पक्राउ गरेको छ भने ह त्यामा संलग्न एक जना अझै फरार छन् ।

मंगलवार बेलुका महोत्तरीको गौशाला-११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा वेवारिसे अवस्थामा फेला परेका २ जना बालक मृ तक महिलाको नै भएको पुष्टि भएको छ ।उनीहरु महिलाको पहिलो पतिबाट जन्मिएका र उनीहरुलाई अभिभावकको जिम्मा लागाउने प्रहरीले तयारी गरेको छ । उनीहरुलाइ महिलासँगै ल्याएको भएपनि ह त्या गर्ने योजना नभएको हत्या आरोपित अजय साहले प्रहरीको बयानमा भनेका छन् ।

अहिले बच्चाहरु स्थानीय दिनेश महतोको आश्रयमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖