व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनसँगै आशङ्का हटे : अध्यक्ष नेपाल

काठमाडौँ, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै यस सम्बन्धीको आशङ्का हटेको बताउनुभएको छ ।

एमसिसी अनुमोदनसँगै उठेका आशङ्कामाथि प्रस्ट्याउन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणापछि आफ्नो पार्टी एमसिसीको पक्षमा उभिएको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले संविधान र संसद्को सर्वोच्चता कायम तथा विधिको शासन स्थापित गर्न गठबन्धनमा आबद्ध दलहरु एमसिसीका सन्दर्भमा जनमानसमा देखिएका आशङ्का निवारण गर्ने गरी व्याख्यात्मक घोषणासहित सम्झौतालाई अनुमोदन गर्ने निर्णयमा पुगिएको बताउनुभयो । “एमसिसीका सम्बन्धमा स्पष्ट भएर अगाडि जानुपर्छ भनेर पार्टीले संस्थागत निर्णय गरेको हो । त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएपछि मात्र यसमा विश्वास गर्ने आधार बनेको हो । अहिले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो”, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले एमसिसी सम्झौताका कतिपय शङ्का र दोहोरो अर्थ लाग्ने विषयका बारेमा स्पष्ट निरुपण नगरी यथास्थितिमा अनुमोदन गरिनु हुँदैन भनेर आफ्नो पार्टीले दृढ अडान लिएका कारण व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता संसद्बाट अनुमोदन हुने अवस्थामा सिर्जना भएको बताउनुभयो ।

व्याख्यातमक घोषणाप्रति आलोचना गर्नेलाई उहाँले अन्तर्राष्ट्रिय कानूनसम्बन्धी ज्ञान नभएको भनी टिप्पणी गर्नुभयो । नेपालका छिमेकी तथा मित्र राष्ट्रसँगको सहकार्य गर्दै मुलुकलाई समृद्ध बनाइने उहाँको भनाइ छ । “सबै मित्र राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छौँ, उनीहरुको सहयोग लिएर मुलुकको विकास गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो ।

व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन भएसँगै मुलुक अगाडि बढेको उल्लेख गर्दै उहाँले आफूहरुलाई निमिट्यान्न पार्ने ष डयन्त्र चकनाचुर भएको बताउनुभयो । “पछिल्ला दुई हप्तादेखिका ष डयन्त्र एकै चुड्कीमा समाप्त भएका छन्, फागुन १ गते हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षडयन्त्र रचिएको थियो”, अध्यक्ष नेपालले भन्नुभयो, “ तर ती षडयन्त्र सफल हुन सकेन ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।