कृषि उद्योगले रोजगारी बढ्दै

झापा, १८ फागुन । पछिल्लाे समय नेपालमा कृषि पेसा आधुनिक तवरले गर्न थालिएको छ । यो पेसा अहिले दर्ता गरेर उद्योगको रूपमा अघि बढिरहेको छ । विगतमा देशमा रोजगारी नभएर विदेशिएका युवा स्वदेश फर्केर कृषि पेसा अँगालिरहेका छन् । कृषि पेसालाई व्यवसायिक रूपमा अघि बढ्न थालेपछि कृषक र त्यहाँ कार्यरत मजदुर खुसी छन् ।

झापाको ग्रामीण क्षेत्रमा समेत कृषि उद्योगहरू धमाधम सञ्चालनमा आउन थालेका छन् । सरकारले दिने अनुदान र कोरोना कहरले गर्दा गाउँघरमै केही गर्न चाहने युवाहरूले खोलेको फार्मले वार्षिक पाँच हजार बढीलाई रोजगारीसमेत दिइरहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय झापाको तथ्यांकअनुसार कोरोनाकालमा सबैभन्दा धेरै कृषिजन्य उद्योग दर्ता भएको उनले बताए । गत आर्थिक वर्षमा तीन हजार ११० उद्योग दर्ता हुँदा एक हजार आठ सय ४९ कृषि उद्योग दर्ता भएको छ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र १३ सय ९६ उद्योग हुँदा ८७२ कृषि उद्योग दर्ता घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

कृषि क्षेत्रमा दैनिक तीन सय बढीले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए । ‘प्रत्यक्ष रूपमा दैनिक करिब तीन सयले रोजगारी पाएका छन्,’ उनले भने, ‘अप्रत्यक्ष रूपमा कृषिबाट रोजगारी पाउने धेरै छन् ।’

पछिल्लो समय कृषिलाई उद्योगको रूपमा विकास गरेर काम गर्नेको संख्या बढेको उनी बताउँछन् । ‘अहिले त व्यावसायिक खेती गर्ने धेरै छन् । जसमा युवाहरू धेरै देखिन्छ । सरकारले कृषिमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको छ,’ उनी भन्छन्, ‘विदेश बसेर दुःख पाएर देशमै केही गरौँ भनेर नेपाल आएकाले पनि कृषि पेसालाई व्यावसायीकरण गरेका छन् । अर्को कुरा विदेशमा बसेर केही कमाएका हुन्छन् । जसले आफ्नै लगानीमा पेसा गर्न पनि पाएका छन् । कृषि पेसा अरूको भन्दा सजिलो र सहज छ । विदेशमा गएका युवाले त्यहाँ पनि कृषिमै काम गरेका भएर पनि नेपाल आएर यही पेसा गर्नेको संख्या बढी छ ।’

तीन वर्षदेखि कोरोनाको प्रभाव खेप्दै आएका वैदेशिक रोजगारमा जाने युवाहरूले पछिल्लो समय स्वदेशमै उद्योगधन्दा सञ्चालन गर्न थालेका छन् । जसले गर्दा स्थानीयस्तरमै रोजगारसँगै आम्दानी समेत गर्न थालेको व्यावसायिक केरा उत्पादक किसान चन्द्र बस्नेत बताउँछन् । ‘इजरायलमा सिकेको सीपमार्फत आफ्नै देशमा व्यावसायिक केरा खेती गर्दै आएको छु । कृषिमा व्यावसायीकरण गर्नसक्यो भने राम्रो हुन्छ,’ उनी भन्छन् ।

ज्ञानकेन्द्र प्रमुख सिंहका अनुसार झापामा तरकारी, केरा, नर्सरी, च्याउलगायतका व्यावसायिक हुँदै आएका छन् । कृषि उद्योग सञ्चालन गर्दैगर्दा कृषि मजदुरको अभाव भइरहेको गौरादहका च्याउ उत्पादनक कृषक नलबहादुर खड्का बताउँछन् । ‘हामी व्यावसायिक रूपमा खेती गर्नेलाई मजदुरको अभाव हुन्छ । कृषि क्षेत्रमा काम गर्ने मान्छे पाउनै मुस्किल हुन्छ,’ उनी भन्छन्, ‘कृषि क्षेत्रमा पनि पैसा राम्रो छ । मानिसहरू विदेश जान्छन् । तर, कृषि क्षेत्रमा मजदुर गर्न मन पराउँदैनन् ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।