धनुषाधाममा चिडियाखाना बनाइने

जनकपुरधाम, २७ फागुन ।वन तथा वातावरण मन्त्री रामसहाय यादवले धनुषाधामा प्राणी उद्यान (चिडियाखाना) निर्माण गरिने बताएका छन् । शुक्रबार बिहान धनुषाधामस्थित वनस्तपति अनुसन्धान केन्द्रको वस्तपति उद्यानको अनुगमन तथा निरीक्षण गरेका मन्त्री यादवले मधेश प्रदेशको धार्मिक तथा ऐतिहासिक महत्वको धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययनको केन्द्र र प्राणी उद्यानको रुपमा विकास गरिने बताए ।

धनुषाधाममा प्राणी उद्यानको प्रवल सम्भावना रहेकाले त्यसको लागि सरकारले अध्ययन अनुसन्धानको कार्य अगाडि बढाइसकेको मन्त्री यादवले बताए ।
वस्तपति, वन र चुरे एकअर्कालाई जोडिरहेको भन्दै मन्त्री यादवले धनुषाधाममा प्राणी उद्यान स्थान भएको खण्डमा मधेश प्रदेशको आर्थिकका साथ साथै पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए ।

अहिले रहेको वनस्तपति अनुसन्धान केन्द्रलाई व्यस्थित गर्दै वस्तपति सम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरूको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विस्तार गर्न संघीय सरकारले योजना बनाइरहेको मन्त्री यादवले बताए ।

‘वस्तपति उद्यान केन्द्रमा लोपाेन्मुख अवस्थामा रहेका विभिन्न प्रजातिका वस्तपति, बिरुवाहरुलाई संरक्षण गर्दै आएको छ,’ मन्त्री यादवले भने, ‘यसलाई अझ व्यवस्थित बनाउन सकेमा नेपालभरिका वनस्पतिसम्बन्धी अध्ययन अनुसन्धानका लागि धनुषाधाम केन्द्र बन्न सक्छ ।’

वस्तपति अध्ययन केन्द्र संघीय सरकारको मातहत रहे पनि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर त्यसलाई नेपालकै नमुना केन्द्रको रुपमा विकास गर्न सकिने मन्त्री यादवले बताए ।

वारवारको अभावमा जंगली जनावरबाट वस्तपति केन्द्र हुने क्षतिलाई न्यूनीकरण गर्न तत्काल नै संघीय सरकारले चारैतिरबाट तारवारको लागि बजेट व्यवस्थापन गर्न लागेको मन्त्री यादवले बताए । केन्द्रलाई व्यवस्थित गर्न सकेको खण्डमा विभिन्न फिल्महरु निर्माणका लागि उपयुक्त स्थल हुन सक्ने मन्त्री यादवले बताए ।

वनस्पति अध्ययन तथा अनुसन्धान केन्द्र जनकपुरका निमित्त प्रमुख ताहिर हुसेनले वस्तपति केन्द्रको अवस्थामा बारे मन्त्री यादवलाई जानकारी गराएका थिए । जग्गा पर्याप्त भए पनि बजेटको अभावमा वस्पतिले लक्ष्यअनुसारको काम गर्न सकेको हुसेनको भनाइ थियो ।

केन्द्रमा विभिन्न प्रजातिका जडिबुटी, पानीमा रहने विभिन्न प्रजातिका जडिबुटी तथा बिरुवाहरू समेत उद्यानमा रहेका हुसने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।