छोरीलाई सम्पती दिने परिवारलाई गाउँपालिकाको सम्मान

दिलमाया शाही/जुम्ला, फागुन २८ । हिमागाउपालिकाले छोरीलाई सम्पती दिने परिवारलाई सम्मान गरेको छ । महिला संग उपाध्यक्ष कार्यक्रम मार्फत छोरीलाई पनी छोरा सम्मान सम्पती दिएका घर परिवारलाई सम्मान गरेको हो । पालिकाले गाउँपालिका भित्रका छोरीलाई सम्पती दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन । उनले भनिन् नेपाल सरकारको छोरा हुन वा छोरी दुबै बराबरी भन्ने सरकारी नारा लाई कार्यन्वयन गनृका लागी छोरीलाई सम्पती दिने, छुइ प्रथा नबार्ने परिवारलाई सम्मान गरिएको हो ।

उपाध्यक्ष रोकायाका अनुसार सबै पालिकाले यो नारालाई कार्यान्वयन गर्नु पर्छ । सरकारी नारालाई कार्यान्वयन गराउन स्थानीय सरकारको दायित्व हो उपाध्यक्ष रोकायाले भनिन्,”। छोरी जन्मिदै विभेदका शिकार बनेका छन् । छोरीमाथी गरिने यस्ता खलका विभेदको अन्त्ये गर्नका लागी नारी दिवसको अवसरमा छोरीलाई सम्पती दिने र छुईहुदा गोठमा नराख्ने परिवारलाई सम्मान गरिएको हो । रोकायाले भनिन् सम्मान पाउनेमा जिरु रोकाया, खम्मा शाही, देबुसुनार ,मुगा शाही डुगल शाही, आनन्द शाही , रहेका छन । यस्ता उदारणिय काम गर्ने १९ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै हिमागाउपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले भनिन् हाम्रो समाजमा छोरा जन्माउनकै लागी धेरै सन्तान जन्माउने गरेको तितो यर्थात छ । उनले भनिन्,” यो विभेदकारी संस्कारले पुरुषलाई हौसला दिएपनि महिलामा भने निराशा छाउने गरेको छ । यो संस्कारले महिला केही होइन,पुरुष मात्र मान्छे हुन भन्ने नराम्रो छापले महिलालाई मानसिक यातना दिएको छ ।

छोरीले अंश पाउने कानुन कार्यन्वयन छैन
उपाध्यक्ष रोकायाले भनिन्,“छोरा सरह छोरीले अंश पाउने कानुनमा उल्लेख भएपनि गाउँघरमा मान्यता पाएको छैन । काजकिरिया गर्न,अंश खानका लागि छोरा नै जन्माउने संस्कारले अधिकाँश महिलाको ज्यान जोखिममा परेको छ । कतिपय महिला छोरा नजन्माएकै कारण घरेलुहिंसाका शिकार बनेका छन् ।
छोरा हुदा हुँदै पनि छोरिलाइ सम्पति दिने अभिभाकलाइ सामाजिक हिसाब छोरा छोरि बरा वर हो भन्ने चेतना फैलाउना र पैत्रिक सम्पतिमा छारीको अधिकार स्थापित गराउनकै लागी छोरीलाई सम्पती दिनेलाई सम्मान गर्ने कार्यक्रम गरिएको हो । हाम्रो समाजमा रहेको अलिखित कानुन जसले गर्दा छोरी घरपरिवार बाटै हिंसित बनेका छन ।

अंश खाने काजकिरिया गर्ने, छोरा नै हुनुपर्छ भन्ने गलत मान्यताले गर्दा जुम्लाका धेरै महिलाको प्रजनन स्वाथ्य समस्या देखीएको जनस्वाथ्य सेवा कार्यालयका प्रमुख कृष्णा सावकोछाले बताए । उनले भने, छोराका कारण एक दर्जन छोरीको जन्माउने गरेको पाइन्छ । जसले गर्दा आर्थिक र शरिरिक अवस्था कमजोर हुन्छ । ,महिला बिरमी पर्छन र अकाल्मै मुत्यु हुने गरेको छ ।

गाउँमा अझै पनि छोरीमाथी गरिने विभेद र हिंसा न्यूनिकरण हुन सकेको छैन् । विभेदकै कारण यहाँका छोरीहरुले सुविधा, अबसर, सहभागिता र पोषणबाट बञ्चित हुनुपरेको छ । छोरी जन्माएकै कारण हिंसा भोग्ने महिलाहरुको संख्या अत्याधिक छ ।‘छोरा नभए मर्ने बेला कसले पाल्छ ? भन्ने सोचाई ग्रामिण क्षेत्रमा छ । सोचाईले महिला बच्चा जन्माउने मेसिन जस्तै बनेका छन् ।

त्यस्तै यस्ता कुरिति हटाउन हिमागाउपालिकाले जनचेतनामुलक अभियान मार्फत छोरीलाई प्रोत्साहन गर्नकै लागी यो कार्यक्रम ल्याएकोमा स्थानीय जिरु रोकायाले खुसि ब्यक्त गरिन । उनले भनिन,”विभेद न्यूनिकरणका लागि सरकारी र गैरसरकारी निकायबाट थुप्रै अभियान सञ्चालन गर्न आबश्यक ।
छोरीमाथि अभिभावक, परिवार तथा समाजबाट हुने भेदभावको पूर्ण अन्त्यका लागि नै यस्ता अभियान र नाराको सार्थकता छ ।

तर, संविधान तथा कानूनमा व्यवस्था भएका कारण अथवा सरकारहरूले घोषणा गरेका भरमा नै छोरीमाथिको विभेदको अन्त्य सम्भव छैन ,भन्ने कटुयथार्थ हो । जन्मदै विभेद सुरु हुने छोरीहरुको मानव अधिकारको प्रत्याभुती भएको छैन् । विभेद विरुद्ध भएका कानुनी व्यवस्था कार्यान्वयनमा तीनै तहका सरकार गम्भिर बन्नु पर्ने जरुरी देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।