जीविकोपार्जनका लागि सिप सिकेर आत्मनिर्भर बने महिला

लमजुङ, २९ फागुन । पसगाउँ-६ की राहेल गुरुङ ६ वर्ष अघि तीन महिना तालिम लिएर अहिले व्यवसाय सञ्चालन गरेकी छन् । ‘ग्रामीण भेगका महिलाहरूले जागीर खाएका हुँदैनन्, ‘राहेलले भनिन्, ‘जागीर नभएपछि दिनभर जंगलमा घाँस काट्ने र दाउरा टिप्नेबाहेक अन्य काम हुँदैनथ्यो ।’ अर्काको कमाइमा बाँच्नु पर्दा निकै गाह्रो भएको महसु हुने गरेको पसगाउँ-५ कि अर्की मीनदेवी गुरुङले गुनासो गरिन् ।

उनले श्रीमानकाे कमाइमा मात्र भरपर्दा घर व्यवहार चलाउन समस्या परेकोले सीप सिकेको बताइन् । ‘आफ्नो हातमा सीप भएन भने सबैले हेप्दा रहेछन् । अर्काको कमाईमा बाँच्नुपर्दो रहेछ,’ मीनदेवी भन्छिन्, ‘पहिले ख्याल राखिएन् । घरमा दिनभर हात खाली नै बसिन्छ । यसो केही गरौं भने पनि हातमा सीप थिएन । तीन महिने अल्लो कपडा बुन्ने तालिम लिएर व्यावसाय सञ्चालन गरेकी छु ।’

ग्रामीण भेगका महिलाहरूको जीविकोपार्जनका निम्ति कार्यालयले दुर्गममा भएपनि तालिम आयोजना गरेको घरेलु तथा साना उद्योग विकास समिति लमजुङले जनाएको छ । घरेलुले अल्लो कसरी काट्ने, बोक्रा कसरी निकाल्ने, कसरी पकाउने, धागो निकाल्ने तरिका र कपडा बुन्ने सम्मका तरिकाहरु सिकाइएको छ । बहुउपयोगीको रुपमा मानिएको अल्लोको लोकप्रियता लमजुङमा बढ्दै गएको छ ।

परम्परागत रुपमा जनजातिहरूले भाङ्ग्रा, नाम्ला, थैला आदि बनाउन मात्र प्रयोग हुने गरेको अल्लो अहिले आधुनिक प्रयोगमा आउने धागोका साथै त्यसबाट विभिन्न किसिमका कपडा उत्पादन हुन थालेपछि यसको लोकप्रियता बढेको हो । करिब एक हजार ५०० देखि तीन हजार मिटरसम्मको उचाइका जंगलमा पाइने अल्लोको प्रयोग हिजोआज नेपालका कार्पेट उद्योगहरूले पनि गर्न थालेका छन् । अल्लोका कपडा जापान, बेल्जियम, चीनलगायतका देशमा निर्यात समेत हुने गरेको छ । तर लमजुङमा प्रशस्त मात्रामा अल्लो पाइने भएपनि जिल्लामा अल्लोले ब्यवसायीकता भने पाउन सकेको छैन ।

‘जङ्गलमा पाइने अल्लो स्थानीय बासिन्दाको आयआर्जनको भरपर्दो स्रोत बन्न सक्छ । तर, यसलाई व्यवसायिक बनाउन पहल कतैबाट भएको छैन,’ लमजुङ उद्योग वणिज्य संघका अध्यक्ष गुणराज शिलवाल भन्छन्, ‘अल्लोको उत्पादनलाई व्यवसायिक बनाउन सके लमजुङको मौलिक उत्पादनको रूपमा विश्वभर पठाउन सकिन्छ ।

अहिले अल्लोको कपडाको बजार मूल्य प्रतिमिटर ८०० देखि १२ सयसम्म पर्दछ । अल्लोका कपडा स्वास्थ्यका लागि पनि फाइदाजनक हुने भएकाले यसको माग बढ्दो छ । जिल्लाका ग्रामिण पर्यटकिय गाउँहरु पसगाउँ, सिउरुङ, घलेगाउँ, भुजुङ, गौंडा, घेर्मु लगायतका गाविसका स्थानीयले अल्लोका कपडाहरु उत्पादन गर्ने गरेका छन् । बेसीशहरमा केही उत्साही महिलाहरुले पनि अल्लोका कपडा बनाउन थालेका छन् । पर्यटकीय गाउँहरुमा घुम्न जाने पर्यटकलाई गाउँको चिनोको रुपमा अल्लोबाट उत्पादित सामान विक्री गर्ने गरिएको पसगाउँकी उर्मिला गुरुङले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।