नदीजन्य पदार्थ निकाल्न नियमविपरीत एक्साभेटर प्रयोग

कपिलवस्तु, ३ चैत्र । कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत सुकवेल खोलामा एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालिएको छ । नगरपालिकाले ढुङ्गा, गिट्टी, मिस्कट र बालुवाका लागि मिसिन प्रयोग नगर्ने गरी ठेक्का दिएको खोलामा सम्झौताविपरीत मेसिन प्रयोग भएको छ । महाराजगन्ज नगरपालिका-६ का रामदयाल पासी प्रोप्राइटर रहेको ओम शान्ति कन्स्ट्रक्सने नियमविपरीत माल निकाल्दा सरोकारवाला निकाय चुप लागेर बसेका छन् ।

सो खोलामा सेटिङ मिलाएर एक्साभेटर प्रयोग गरिएको स्थानीयको आरोप छ । स्थानीयको सूचनाको आधारमा पत्रकारको सुकवेल नाकामा पुग्दा एक्साभेटर प्रयोग गरी टिपरमा मिस्कट लोड गरिएको प्रत्यक्ष देखिएको थियो । लु २ ख २५०८, लु २ ख ४३३६, रा १ ख १०४४ नम्बरको टिपरमा एक्साभेटर प्रयोग गरी मिस्कट लोड गर्दै गरेको भेटिएको थियो । सो खोला नगरपालिकाले ७७ लाख ७४ हजार चार सय रुपैयाँमा २२ पुस २०७८देखी आउँदाे जेठ मसान्तसम्मका लागि ठेक्का दिएको थियो ।

नदीमा मेसिनरी प्रयोग गरिए पनि पालिका र जिल्ला समन्वय समितिले अनुगमनमा चासो नदिएको स्राेतको दाबी छ । वन क्षेत्र भित्रकै सो वनमा मेसिनरीको प्रयोग हुँदा ठेक्का लगाएको शिवराज नगरपालिका मात्र नभई सोही कार्यक्षेत्रको गौतम बुद्ध डिभिजन वन कार्यालयको भूमिकासमेत शंकास्पद बन्न पुगेको छ ।

वन क्षेत्रमा रहेको सुकवेल खोलामै जेसिबीसहितको मेसिनरी प्रयोग गरिएकोबारेमा आफूहरूलाई जानकारी नभएको डिभिजन वन कार्यालय गौतम बुद्धका सहायक वन अधिकृत एजाज आलमले बताउँछन् । आफूहरूले सो क्षेत्रमा विशेष निगरानी गर्ने प्रस्ट्याउँदै वन क्षेत्रमा हुने नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन र निकासी रोक्न सबै पक्ष लागी पर्नुपर्ने आलमको तर्क छ ।

यता ठेक्का लिएको कम्पनीका सञ्चालक रामदयाल पासीले मिसिन प्रयोग गरिएको स्वीकार गरेका छन् । उनले ठेक्काको कबुलियतनामाको ८ नम्बर बुँदामा मेसिनरी प्रयोग गर्न पाउने उल्लेख रहेको दाबी गरे । तर, शिवराज नगरपालिकाका इन्जिनियर रामजी थापा नेपालीले ठेक्का सम्झौतामा मेसिन प्रयोग गर्ने नमिल्ने उल्लेख भएको बताए । बुँदा नम्बर ८ को विषयका बारेमा थापाले खोलामा मेसिन प्रयोग गर्ने उल्लेख नरहेको र नगरपालिकाले समेत कुनै स्वीकृति नदिएको स्पष्ट पारे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।