लोप हुँदै पानीघट्टा

सोलुखुम्बु, ८ चैत । गाउँघरमा पछिल्लो समय विद्युत् विस्तार भएसँगै सोलुखुम्बुमा पानीबाट चल्ने पानीघट्टा लोप हँुदै जान थालेको छ । नयाँनयाँ आधुनिक प्रविधि भित्रिएपछि पानीघट्टा लोप हुँदै गएको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मकी डिककुमारी कार्कीको भनाइ छ ।

विगतमा परम्परागत रुपमा चलिआएको जाँतोलाई आधुनिकतामा परिणत गर्दै लगेको पानीघट्टा विद्युतको पहुँच गाउँघर सबैतिर पुगेसँगै त्यसको पनि लोप हुन थालेको माप्य दुधकोशी गाउँपालिकाका सोमबहादुर राईले बताए ।

रातभरी जाँतोमा पिठो पिँध्नुपर्ने बाध्यतालाई मध्यजनर राख्दै स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिने पानीघट्टा केही वर्षयता लोप हुँदै गएको सोलुवासीको भनाइ छ ।

पानीघट्टा लोप हुँदै जानुमा धेरै कारणहरू छन, जसमध्ये विगतको तुलनामा पानीको मुहान सुक्दै जानु, विद्युतीय मिल भित्रिनु तथा खोला खाल्सीमा भएका पानीहरु एक ठाउँमा जम्मा गरी विद्युत उतपादन गर्नु लागयत छन् । छिटो छरितोका लागि विद्युतीय मिलको स्थापना गाउँगाउँमा भएपछि पानीघट्टा बनाउनै छाडेको र सोसम्बन्धी ज्ञान राख्ने मान्छे पनि कम भएकोले पनि लोप हुन थालेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖