बेसीशहरकाे खाँचेमा आमा समूहको भवन निर्माण

लमजुङ,९ चैत । बेसीशहर नगरपालिका-१० खाँचेमा स्थानीयको सक्रियतामा आमा समूहको भवन निर्माण गरिएको छ । स्थानीयको अग्रसरतामा २७ लाख लगानीमा प्रगति ज्योति नागरिक आमा समूहको भवन निर्माण भएको हो ।

भवन निर्माण कार्यक्रमका संयोजक सोमबहादुर तामाङका अनुसार बेसीशहर नगरपालिकाको ७ लाख, आमा समूहको ५ लाख र १५ लाख चन्दा संकलन गरी भवन निर्माण भएको हो । भवनसँगै चार कोठे शौचालय निर्माण भएको छ । शौचालयका लागि स्थानीय पसबहादुर तामाङले ७ लाख रुपैयाँ सहयोग गरेका थिए ।

भवनको उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले सामाजिक कार्यक्रमका लागि भवनले सहयोग गर्ने बताए । बैठक, भेला, विवाह, पुटपुटे लगायतको कार्यक्रम सञ्चालनका लागि भवन अति आवश्यक रहेको बताए । नगरपालिकाले सामुदायिक भवनलाई प्राथमिकतामा राखेर नगरपालिकाभित्र दुई सय वटा भवन निर्माण गरेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।