चेपाङवस्तीमा बालविवाहसम्बन्धी सचेतना

लमजुङ, १० चैत । लमजुङको बेसीशहर नगरपालिका ११ चिति बरबोटफाँटको चेपाङवस्तीमा बालविवाहसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सामुदायिक रुपान्तरणका लागि युवा नेपाल (वाईसीटी) नेपालले चेपाङवस्तीमा लक्षीत गरी कार्यक्रम सञ्चालन गरेको हो ।

चेपाङवस्तीका किशोरी सानै उमेरमा विवाह गर्ने र आमा बन्ने समस्या रहेकाले उक्त क्षेत्रमा बालविवाहबारे सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको वाईसीटी नेपालका अध्यक्ष रुपेश श्रेष्ठले बताए । उनले भने संस्थाले कलिलैमा विवाह गर्ने र उपेर नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा असर पार्ने भएकाले गाउँगाउँमा सचेतना कार्यक्रम सञ्चालन गरीएको हो ।

बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आर्थिक समस्या र अशिक्षाका कारण अझै पनि समाजमा उमेर नपुग्दै विवाह गर्ने प्रचलन कायम रहेको बताए । कार्यक्रममा जिल्ला अस्पताल लमजुङका शोभा ठकुरीले बालविवाह, बालविवाह गरेमा हुने कानुनी व्यवस्था, जिल्लामा बालविवाहको अवस्था लगायतको बारेमा जानकारी गराएकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।