लोप हुँदै वरपिपलका चौताराे

लमजुङ, १० चैत । केही वर्ष अगाडि जिल्ला सदरमुकाम बेसीशहरका विभिन्न ठाउँमा पिपलका चौताराेहरू देख्न सकिन्थ्यो । तर, पछिल्लो समय वरपिपलका चौतारीहरू लोप हुँदै गएको छ । सदरमुकाम बेसीशहर बजारको विकास र विस्तारसँगै चारवटा पिपलका चौतारीहरू लोप भइसकेको छ भने रहेका केही वरपिपलका चौतारी पनि संरक्षणको अभावमा जीर्ण अवस्थामा छन् ।

जनविकास मावि स्कुल चोकमा रहेको ठुटे चौतारीको नाम निशान छैन । सेरा बजार कृष्ण मन्दिरस्थित घुमाउने चौतारा पनि पूर्ण ध्वस्त भयो । भिमसेन टोलको पिपलबोट चौतारा सडक विस्तारको क्रममा मासियो । कटरबोटे चौतारा पनि छैन । बेसीशहर बजार विस्तारसँगै सडक विस्तारको क्रममा पिपल बोट काटिएको छ । भिमसेन टोलस्थित चौताराको जग्गा सार्वजानिक हितको लागि प्रयोग गरिएको भए पनि अरु चौताराहरु व्यक्तिगत स्वार्थको लागि प्रयोग गरिएको बेसीशहर-८ कि कमला केसी बताउँछिन् ।

सदरमुकामसँगै जग्गाको मूल्य वृद्धिको कारण सार्वजानिक सम्पत्ति मिच्ने र घडेरीको रुपमा प्रयोग गर्ने प्रवृत्तिले पिपलबोट र चौताराहरू मासिएको उनी बताउँछिन् । बेसीशहर बजारको उत्तरी क्षेत्रमा रहेको मनाङे चौताराको पिपलबोटको हाँगा काटेर सौन्दर्यतालाई नै कूरुप तुल्याएको छ ।

सडक विस्तारको लागि काटिएको पिपलबोटको हाँगा सडकतिर आएको होइन घरतिर फैलिएको हाँगा काटिएको छ । यो त एउटा उदाहारण मात्र हो । जरै उप्काएर घरको जग हाल्ने शहरमा हाँगा काट्नु कुनै ठुलो कुरा नहुने बेसीशहरका भरत पौडेल बताउँछन् । स्थानीय तहमा रहेका वरपिपल र चौतरा स्थानीय सरकारको सम्पत्ति हुने विधेयकमा व्यवस्था गरिएको छ ।

सरकारी सम्पत्ति कायम भइसकेपछि स्थानीय संरक्षणको दायित्व र स्वामित्व पनि स्थानीय तहमा नै रहनेछ भनेर उल्लेख गरिएको छ । तर, बेसीशहरमा चतुर्भुज आकारमा रहेका चौताराहरुको आकार परिर्वतन हुँदै गएका छन् । लोपाेन्मुख अवस्थामा रहेका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्वका वरपिपलका बोट र चौताराको चार किल्ला प्रमाणित गरि संरक्षण गर्न नगरपालिका लागि परेको बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्याल बताउँछन् । पिपलकाबोट वातावरण मैत्री हुने भएकाले लोपाेन्मुख अवस्थाको पिपलबोट चौतारीको संरक्षण गर्न आवश्यक रहेको नगरप्रमुख अर्यालको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।