भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउन किसानलाई सीप प्रदान

दिलामाय शाही/जुम्ला, ११ चैत ।तातोपानी गाउँपालिका- ७ सर्मी किसानलाई मेसिनबाट राडीपाखी बुन्ने सीप प्रदान गरिएको छ । त्यहाँका स्थानीयको आम्दानीको स्रोत भेडापालन भएकाले उनीहरूलाई भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउनका लागि सिप प्रदान गरिएको हो ।

भेडाको ऊनबाट राडीपाखी, स्वीटर, पाखेकोट, मफ्लर, लिउ लगायतका सामाग्री बनाउने सिप प्रदान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनले भने, ‘यसअघि यी सबै सामाग्री बुन्नको लागि पुरानो परम्पराको चाँद प्रयोग हुँदै आएको थियो ।

एक राडीपाखी,लिउ र पाखेकोट बुन्न करिब एक हप्ताको समय लाग्ने गरेको थियो । प्रमुख देवकोटाका अनुसार कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले मेसिन उपलब्ध गराएर मेसिनबाट राडीपाखी बुन्ने सीप दिएपछि निकै राहत भएको छ ।

मेसिनबाट राडीपाखी बुन्ने सीप २१ जनाले सिकेका छन् । उनीहरूले प्रमाणपत्र समेत पाइसकेका छन् । राडीपाखी बुनेर आत्मनिर्भर हुन प्रेरित गरेको तातोपानी गाउपालिकाका अध्यक्ष नवराज न्यौपानले भने,‘अब राडीपाखी पर्याप्त बुनेर बजारसम्म लैजाने वातावरण बनाउँछौ ।’

हातले राडीपाखी बुन्दै आइरहेका तातोपानी गाउँपालिका-७ सर्मीगाउँका स्थानीय चन्द्रबहादुर कुँवर मेसिनले राडीपाखी बुनेर आत्मनिर्भर बन्ने सपना बोकेको बताए । प्रशिक्षक धनपति बुढाले अझै पनि जुम्लामा कच्चापदार्थको समस्या छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।