कतारमा आँखाकाे ज्याेति गुमाएका गणेश श्रेष्ठकाे संघर्षकाे कथा

विशाल बस्नेत/महोत्तरी, १४ फागुन । बर्दिबास-२ का गणेश श्रेष्ठ २०७३ सालमा वैदेशिक रोजगारमा जाँदा एकदमै तन्दुरुस्त थिए । २०६४ सालमा विवाह गरेका श्रेष्ठ परिवारकै सल्लाहमा पैसा कमाउने उद्देश्यले कतार हानिँदा निकै उत्साहित भए । भनेजस्तो काम नभए पनि सन्तोषजनक तलब पाएसँगै श्रेष्ठ र श्रेष्ठको परिवारको खुसी थामिनसक्नुको थियो । तर, त्यो खुसी धेरै दिन टिक्न पाएन । एकदिन श्रेष्ठ र उनकाे साथीको विवाद हुँदा दुई पक्षबीच ठूलो झगडा भयो । मुक्का हानाहान मात्र भएन उनकाे साथीले श्रेष्ठलाई टाउकोमा चिर्पटले हान्दा अगाडि आँखाको रेटिना नै गुम्न पुग्यो । काम गरेर परिवारलाइ खुसी दिने उद्देश्यले प्रदेशमा संघर्ष गर्न पुगेका श्रेष्ठको संघर्ष त्यसपछि झन काहाली लाग्दो बन्यो ।

दुवै आँखा गुमाएर श्रेष्ठ करिब डेढ वर्षपछी स्वदेश फर्किए । उनकाे अवस्था देखेपछि छोराको भरोसामा बाँचिरहेका बुबाआमा, श्रीमती निकै भावविह्वल बने । कठिन संघर्षले श्रेष्ठलाई जब सफलताको बाटोमा डोर्‍याउँदै लग्यो, तब उनले म आँखा देख्दिनँ भन्ने बिर्संदै गए । श्रेष्ठले जब मैनबत्ती, मुढा, साबुन बनाउने, फिनेल, ह्यारपिक र अगरबत्ती बनाउने तालिम लिए तब आत्मविश्वास यसरी सञ्चार भयो कि उनी आफैँ उत्साहित बने । श्रेष्ठले आफूजस्तै दुर्घटना वा जन्मजात आँखा गुमाएकाहरूको सुची तयार गर्दै गए । महोत्तरीमा मात्र पाँच सय जनाभन्दा बढी दृष्टिविहीनहरूलाई प्रत्यक्ष भेटेर आफ्ना अनुभव सुनाए ।

नेत्रहीन संघ महोत्तरीको गठन भएपछि श्रेष्ठलाई दृष्टिविहीनहरूसँग थप काउन्सिलिङ गर्न सहयोग मिल्यो । अहिले संघमा ३५० भन्दा बढी दृष्टिविहीन जोडिएका छन् । श्रेष्ठ अहिले उक्त संस्थाका संयोजक समेत छन् । जिल्लाका धेरैजसो दृष्टिविहीनहरू स्वरोजगार बनेका छन् भने कतिपयले लोकसेवा आयोगबाट सरकारी सेवामा प्रवेश गरेका छन् ।

लोकसेवा आयोगबाट पास गरेर अहिले जिल्लाका करिब १० जना दृष्टिविहीनहरू सरकारी सेवामा कार्यरत छन् भने सयौँ जना मैनबत्ती, अगरबत्ती, सावुन बनाएर स्वरोजगार बनिरहेका छन् ।

श्रेष्ठ आफैँ पनि दिनभरि बजार चहार्छन् र आफैँले बनाएको अगरबत्ती, मैनबत्ती, सावुन बोकेर बेच्ने गर्दछन् । यसैबाट श्रेष्ठलाई आर्थिक उपार्जन गरेर परिवारको आर्थिक समस्या टारिरहेका छन् । एकमात्र रहेका छाेरालाई शिक्षादीक्षा दिइरहेका छन् ।

अहिले उनकै पहलमा नेत्रहीनहरूका लागि भवन निर्माण कार्य अगाडि बढेको छ । बर्दिबास नगरपालिकाले भवन निर्माणका लागि १५ लाख रुपैयाँ दिएको छ,’ श्रेष्ठले भने । श्रेष्ठको सारथी वीरेन्द्र महतो बनेका छन् । उनी पनि दृष्टिविहीन हुन् । तर, शिक्षक सेवा आयोगबाट नाम निकालेर जिल्लाको रामगोपालपुर नगरपालिकामा उनी शिक्षण पेसामा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।