छोराको आसमा आठ छोरी

खड्क सुनार/मुगु, १६ चैत । छाँयानाथ रारा नगरपालिका-१२ का रन्न ऐडी ४६ वर्षका भए । उनी श्रीमती भन्दा ठ्याक्कै तीन वर्ष कान्छा छन् । उनीहरूकाे विवाह भएकाे दुई दशकभन्दा बढी भयाे । याे बीचमा उनीहरूले आठ सन्तान जन्माएका छन् ।

उनीहरूले रेडियाे, टिभीमा बज्ने ‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने विज्ञापन नसुनेका पनि हाेइनन् । थाेरै सन्तान भए जीवन सहज हुन्छ भन्ने थाहा नभएकाे पनि हाेइन । तर, छिमेकी र समाजले ‘छाेरा नभएकाे’ भनेकाे सुन्नबाट बच्न उनले आठ छाेरी पाइसकेका छन् । उनीहरू अझै पनि छाेरा पाउने आशमा छन् ।

सानै उमेरमा विवाह गरेका रन्न अर्काे वर्ष बाबु बनिहाले । त्यसयता हरेक डेढ दुई वर्षमा उनी बाबु बनिरहेका छन् । रन्नकी श्रीमती पनि छोराकै आशमा छिन् । छोरा भए बुढेसकालमा सुख पाइने, अर्काे जन्म पनि सफल हुने अन्धविश्वास ग्रामिण क्षेत्रमा अझै छ । यही अन्धविश्वाकाे शिकार बनिरहेका छन रन्न दम्पती ।

वर्षेनि जस्ताे परिवारमा खाने मुख र पेट बढ्ने तर आम्दानीकाे स्राेत जस्ताकाे तस्तै हुँदा उनीहरू संकटमा छन् । पाेषणयुक्त खानपान नहुँदा आमा र छाेरीहरू कमजाेर छन् । अहिले उनीहरूकाे साथमा सात छाेरी छन् । एउटी छाेरी जन्मने बित्तिकै बेतेका उनीहरू बताउँछन् ।

उनीहरूकाे जेठी छोरी २० बर्षकी भइन भने कान्छी तीन बर्षकी छिन् । जेठी छाेरीकाे विवाहवारी भइ दुई सन्तानसम्म पाइसकेकी छिन । उनले दुई छाेरी पाइसकेकी छिन् । उनी पनि अहिले माइतीमै छिन् ।

यी दम्पतिले छोराको आसमा के मात्रै गरेनन ? धार्मिक परम्पराअनुसार देवी, देवता, पूजा, पाठ, ज्याेतिषसँग मन्त्र जपाय । छोराकै आसमा दम्पतिले अहिलेसम्म परिवार नियोजनको अस्थायी तथा स्थायी साधन अहिलेसम्म प्रयोग नगरेको रन्न बताए ।

उनले छाेरीहरूलाई शिक्षाबाट भने बञ्चित पारेका छैनन । घर नजिकैकाे विद्यालयमा छाेरीहरूलाई पढ्न भने पठाउँछन् । उनकाे घर चलाउने मुख्य पेशा भेडा ब्यवसाय हाे । त्यहि भेँडा पालनबाट घर खर्च र परिवारकाे लालनपालनमा भइसकेकाे उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।