ट्यांक जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी, अनुगमन शून्य

दिलमाया शाही/जुम्ला, १७ चैत । जुम्लामा ट्यांक जुस खाँदा एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेका हुन् ।

२४० जना विद्यार्थी रहेकामध्ये जुस खाएको पहिलो दिन तीन जना बिरामी भएका र भोलिपल्ट एकै साथै सबै बिरामी परेका हिमाली बोडिङ स्कूलका प्रिन्सिपल मञ्जिल गिरीले जानकारी दिए । ‘हामीले अभिभावकलाई बोलाएर तत्काल २५ जनाको उपचार गराएका थियौँ,’ उनले भने, ‘बाँकी सबै आफैँ ठिक भएका छन् ।’

विद्यार्थीले खाएका जुसका दुई सयभन्दा बढी डिब्बा फेला परेको प्रिन्सिपल गिरीले जानकारी दिए । उनले भने, ‘बिरामी भएलगत्तै प्रत्येक विद्यार्थीको कक्षा कोठा र झोला हेरेर दुई सयभन्दा बढी ट्यांक जुस खाएको डिब्बा फेला पार्‍यौँ ।’

बिरामी परेका विद्यार्थीको अवस्था समान्य रहेको अभिभावक बमबहादुर कामीले बताए । सबै अभिभावकलाई विद्यालयले बैठक बोलाएको छ । जुस सेवन गरेका विद्यार्थीको पेट दुख्ने, टाउको दुख्न, बान्ता गर्ने समस्या देखिएको उनले बताए ।

बालबालिका बिरामी परेपछि हिमाली बोडिङमा अध्ययनरत बालकालिकालाई स्वच्छ खानेपानी खुवाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले निर्देशन दिएको छ ।

विद्यार्थीले सेवन गरेको जुसको म्याद सन् २०२१ मा सकिए पनि व्यापारीले बिक्री गरिरहेको फेला परेको छ । सन् २०२२ को चौथो महिना लागिसके पनि बजार अनुगमन शून्य हुँदा व्यापारीको म्याद सकिएको खाद्यवस्तु बिक्रीमा मनोबल बढेको अभिभावक बताउँछन् । चार महिनाअघि नै म्याद सकिएको जुस सेवन गरेका विद्यार्थी बिरामी परेपछि बल्ल सरोकारवालाले बजार अनुमगन थालेका छन् ।

एकैपटक धेरै विद्यार्थी बिरामी परेको समाचार बाहिरिएसँगै जिल्ला प्रशासान, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्ला, उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्ला र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा स्थलगत अनुगमन गरेको छ ।

दर्ताविना सञ्चालन

गुठीचौर गाउँपालिका– ५ देपालगाउँस्थित हिमाली बोडिङ नजिकै सञ्चालति ट्यांक जुस बिक्री गरेका पसल दर्ता नभएको भेटिएको छ । सुशील भण्डारीले सञ्चालन गरेको दर्ताविहीन पसलबाट पनि म्याद नाघेको जुस किनेर खाँदा आफू बिरामी परेका बालक सुशान कामी बताउँछन् ।

भण्डारीले जस्तै त्यहाँ सञ्चालित करिब एक दर्जन पसल दर्ता नगरी सञ्चालन भएको पाइएको र अनुगमनका क्रममा म्याद नाघेका अखाद्य वस्तु बढी बिक्री भएको भेटिएको छ । दर्ता गरेर व्यवसाय गर्न अनुगमनका क्रममा निर्देशन दिइएको उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्लाका कार्यलय प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।

उनले भने, ‘एक हप्ताभित्र अनिवार्य रुपमा दार्ता गर्नका लागि पसल सञ्चालकलाई निर्देशन दिइएको छ । एक हप्ताभित्र दर्ता नगरी सञ्चालन गरिएको पाइएका तत्काल बन्द गरिनेछ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।