विद्यालयमा व्यावहारिक ज्ञान दिन किबी खेतीः विद्यार्थीको आकर्षण बढ्दो

खेमराज गौतम/गलकोट, १७ चैत (रासस) ः मङ्गलबार दिनको ठीक १२ बजेको थियो । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो । कक्षा १० का विद्यार्थी कक्षाकोठामा नभएर किबी बारीमा देखिए । विद्यार्थीले घरबाटै डोकोमा मल बोकेर बारीको छेउमा राखेर धमाघम किबीको बगँैचा खन्दै थिए ।

एउटा सामुदायिक विद्यालयमा पस्दा फरक माहोल देखिन्थ्यो बागलुङको काठखोला गाउँपालिका–४ तङ्ग्रामस्थित धारा माविमा । कक्षाकोठामा नपढाएर किबी बारीमै बगैँचा गोडमेलका क्रममा परागशेचनका बारेमा विद्यार्थीलाई बुझाउँदै थिए विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या ।

सामुदायिक विद्यालयमध्येको अब्बल मानिँदै आएको धारा माविमा दिउँसोको समयमा १ देखि ९ कक्षाका विद्यार्थीले कक्षाकोठामा बसेर पढ्दै थिए भने कक्षा १० का १५ छात्रा बारीमा किबी गोड्दै थिए । उनीहरुले अतिरिक्त क्रियाकलापअन्तर्गत झन्डै तीन रोपनी क्षेत्रमा लगाइएका किबीका बिरुवा गोड्दै थिए । विद्यालयले २०६८ सालमै विद्यालयको जग्गामा परीक्षणका लागि विद्यार्थीहरुले केही सङ्ख्यामा किबीका बिरुवा लगाएका थिए । परीक्षणका लागि लगाइएको बिरुवाले राम्रो उत्पादन दिन थालेपछि क्रमशः किबी खेती विस्तार गरिएको र त्यसबाट विगत तीन वर्षदेखि व्यावसायिक रुपमा नै किबीको उत्पादन भइरहेको विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्याले बताउनुभयो ।

“उत्पादन दिन थालेकै तीन वर्ष भयो, पाँच वर्षअघि किबीका बिरुवा लगाएका थियौँ, अहिले विद्यार्थीलाई फिल्ड प्राक्टिकलअन्तर्गत किबीका बिरुवामा काम लगाइन्छ, यसै अनुसार विद्यार्थीले अङ्कसमेत पाउँछन्”, उहाँले भन्नुभयो, “किबीको भाले र पोथी बिरुवा तथा यिनीहरु बीचको परागशेचनका विषयमा समेत सिकाउन सहज भएको छ, अहिले किबी काँटछाट गरेर गोडमेल गरिरहेका छौँ ।”

गत वर्ष असिनाले क्षति पु¥याएर जम्मा ५० केजी किबी उत्पादन भए पनि सुरुको वर्षदेखि वार्षिक १५० केजी किबी बिक्री गरिएको शिक्षक पच्याले जानकारी दिनुभयो । किबी बिक्रीबाट प्राप्त रकम विद्यालयलाई आम्दानी भइरहेको छ । कक्षा १० को ६ विषयको प्राक्टिकलको नम्बर यही किबी खेतीमा काम गरेबापत पाइने धारा मावि कक्षा १० का प्रथम छात्रा ज्योति पुनले बाताउनुभयो । “छ विषयको २५ नंको दरले प्राक्टिकल यही किबी खेतीमा काम गरेअनुसार पाइन्छ”, उहाँले भन्नुभयो, “घरबाट विद्यालयमा मल बोकेर ल्याउने, गोडमेल गर्ने र काँटछाँट गर्ने कामअनुसार सरहरुले नम्बर दिनुहुन्छ, यसले म जस्ता विद्यार्थीलाई कृषि खेतीमा आकर्षणसँगै ज्ञान दिएको छ ।”

विद्यालयमा गरेको कृषि कर्मअनुसार घरमा समेत परिवारलाई सघाउन सहयोग पुगेको विद्यार्थीको भनाइ छ । विद्यालयले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनका लागि किबी खेतीमा विद्यार्थीलाई लगाइएको धारा माविका प्रधानाध्यापक कमला थापाले जानकारी दिनुभयो । “विद्यार्थीलाई शैक्षिक गुणस्तर वृद्धिका लागि किताबी ज्ञान मात्रै नभएर व्यावहारिक ज्ञान दिनका लागि किबी खेती र विद्यालयका बगँैचालगायतमा काम गराउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “हामीले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको विद्यालयलाई स्थानीयवासीकै सक्रियतामा क्रमशः नमूना विद्यालय बनाउने अभियानमा छौँ ।”

विद्यार्थीलाई पढाइमा अब्बल बनाउनका लागि विद्यालयले बिदाको दिनमा समेत कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयका प्रधानध्यापक थापाले पढे लेखेकाले कलम मात्र होइन, कुटोकोदालो पनि चलाउन जान्नुपर्छ आफ्नो लागि दैनिक जीवनमा आवश्यक पर्ने तरकारी तथा फलफूल आफैं उत्पादन गर्नुपर्छ भन्ने भावनाको विद्यार्थीमा विकास गराउने उद्देश्यले विद्यालय परिसरभित्रै किवी खेती लगाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रेड वृद्घि गर्न मात्र नभई व्यावहारिक सीप र शिक्षा प्रदान गर्न आफूहरु लागि परेको छु ।”

उत्पादित किबीको बिक्रीबाट आएको पैसा विद्यालयको पुस्तकालयका लागि खर्च गरिन्छ । विद्यार्थीले किबी लगाउन थालेपछि विद्यालयको वातावरण नै हरियाली बनेको छ । पढाइसँगै व्यावहारिक शिक्षामा समेत विद्यार्थीलाई अभ्यस्त बनाउन थालेपछि विद्यालयको चर्चा बढेको प्रधानाध्यापक थापाको भनानइ छ । शिक्षक शिक्षिकाको लगाव र विद्यार्थीको परिश्रम गर्ने बानी देखेर यहाँ अभिभावकसमेत खुशी भएका छन् । सिकेको व्यावहारिक ज्ञान घरमै प्रयोग गर्ने जस्ता परिवर्तन यहाँका विद्यार्थीमा आउन थालेको छ । विद्यालयको यो नमूना अभियानले अभिभावकसमेत खुशी भएको विद्यालयका प्रअ थापाले बताउनुभयो ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विभिन्न आकर्षणको अभियान ल्याउने लहर चलेको भएपनि उत्पादन र व्यावहारिक शिक्षामा जोडिने शैक्षिक क्रियाकलापले विद्यार्थीले विद्यालयप्रति आकर्षित हुन थालेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।