आमाहरू छोरीलाई सुरक्षित महिनावारी शिक्षा दिँदै

ललितपुर । गिम्दीकी १४ वर्षीया अनुसार घरमै बनेको कपडाको पुन: प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्दछिन् । महिनावारी भएको बेला पोसिलो खाना खाने, प्रशस्त आराम गर्ने तथा घरमै कपडाको पुनः प्रयोग गर्न मिल्ने प्याडको शिक्षा र सिप उनकी आमा सीता दुलालले दिएकी छिन ।

एक छोरी र एक छोराकी आमा सीता भन्छिन्, ‘महिलाको लागि भनेर सुरक्षित महिनावारी तथा पुनः प्रयोग गर्न मिल्ने प्याड निर्माण सम्बन्धी तालिमपछि हामीले त्यही सिप र ज्ञान हाम्रा छोरीलाई दियौं ।’

एक गैरसरकारी संस्थाको महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत नारायणी महिला समूहका, गिम्दी बाग्मती गाउँपालिका-७ का १२ जना महिलालाई सुरक्षित महिनावारी तथा पुनः प्रयोग गर्न मिल्ने प्याड सम्बन्धी तीन दिने तालिमपछि स्थानीय महिलाले लाभ लिइरहेका छन् ।

उक्त संस्थाले आफ्नै पहलमा गतफागुन १३ र १४ गते एक जना महिला तथा १२ जना किशोरीलाई एक दिने तालिम प्रदान गरेको थियो । तालिम पश्चात् ती महिला तथा किशोरी समाजमा अन्य महिला तथा किशोरीमा जनचेतना फैलाउने कार्य गरिरहेकी छन् ।

अनुसा महिनावारी हुँदा आफूलाई थाहा नभएको कुरा आमासँग सल्लाह लिने गरेको बत्ताउँछिन् । उनी भन्छिन्,‘विद्यालयमा आफ्ना साथीहरूलाई पनि पुनः प्रयोग गर्न मिल्ने प्याडको फाइदा बारे बताइरहेकी हुन्छु ।’

अनुसारका अनुसार महिनावारी हुँदा लामो समयसम्म बजारमा पाइने सेनिटरी प्याडको र त्यसका असर थाहा नभएको हुनाले लामो समयसम्म एउटै प्याड प्रयोग गरिराख्दो स्वास्थ्यमा विभिन्न समस्या आइरहेका थिए । अब भने सीता र उनकी छोरी अनुसा सचेत भइसकेका छन् । महिनावारी हुँदा आफ्नो र आफ्नो छोरीको राम्रो ख्याल गर्ने महिनावारी हुँदा आफैले बनाएको प्याड प्रयोग गर्छन् ।

अनुसा मात्रै होइन बागमती गाउँपालिका-७ गिम्दी कटुवाकी रमा विक प्याड बनाउने तालिम लिनुभन्दा अगाडी महिनावारी हुँदा आफूले धेरै समस्या भोगेको बताउँछिन् ।

पहिला महिनावारी भएको समयमा घरमा छुट्टै बस्नु पर्ने, भान्छामा छुन नहुने आदि कारणले धेरै समस्या आएको उनी बताउँछिन् ।

प्याड बनाउने तालिम लिइएपछि आफूमा आएको परिवर्तनबारे बेलिबिस्तार लगाउँदै विक आफूले लिएको तालिम मेरो छोरीलाई सिकाएको बताउँछिन् । भन्छिन्, ‘अहिले म महिनावारीको बारेमा खुलेर कुरा गर्न सक्ने भएकी छु ।’

गिम्दी मगरगाउँकी अरिता तुम्सिङ पनि महिनावारी हुँदा घरमा भएका पुराना कपडा प्रयोग गर्थे गरेको बताउँछिन् । उनी भन्छिन्, ‘त्यो कपडा ६/६ घण्टामा प्रयोग गरेको कपडा फेर्नु पर्छ भन्ने थाहा थिएन । त्यसैले इन्फेक्सन हुन्थ्यो ।’ प्याड बनाउन सिकेपछि आफूले धेरै राहत पाएको उनको भनाई छ । भन्छिन्, ‘अहिले धेरै सजिलो भएको छ ।’

गिम्दी सुवानेकी विष्णु माया लो भने स्कुल जाने समयमा स्कुलमा प्रयोग गरेको प्याड फ्याँक्ने ठाउँ नभएले एउटै प्याड लामो समयसम्म प्रयोग गर्थे र त्यसले गर्दा घाउ खटिरा आउने र समस्या भोग्नु परेको बताउँछिन् । भन्छिन्,‘मैले प्याड बनाउनसँगै आफू सुरक्षित हुन सिके ।’

असुरक्षित महिनावारीले महिला तथा किशोरीको प्रजनन स्वास्थ्यमा गहिरो नकारात्मक प्रभाव पर्न सक्छ । तसर्थ बेलैमा सावधानी अपनाउन जरुरी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।