जथाभाबी पार्किङले कुरुप बन्दै बेसीसहर

लमजुङ, १९ चैत । उपयुक्त ठाउँमा बसपार्क नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधनहरू बीच बजार र सडकमै पार्किङ गरी राख्ने गरिएको छ । बेसीसहर नगरपालिका-७ मा रहेको सहजी र ८ दनाइफाँटमा निर्माण गरिएको बसपार्क उचित नभएकाले सकडमै पार्किङ गर्नुपरेको चालकहरू बताउँछन् । बसपार्क सदरमुकाममै भए पनि मुख्य सडकभन्दा टाढा छ । त्यहाँ सुरक्षा चुनौती पनि छ ।

त्यसैले बजारकै बीच सडकमै पार्किङ गर्नुपरेको बस चालक मनबहादुर गुरुङ बताउँछन् । जथाभाबी पार्किङ र सडकमा राखिएका निर्माण सामग्रीले बजारको शोभा घटाउनुका साथै सडक दुर्घटनाको जोखिमसमेत बढेको बेसीसहर ८ सेराका शिव सिलवाल बताउँछन् । साँघुरो सडकमा जताततै पार्किङ गरिँदा सदरमुकामको बेसीसहर बजार अव्यवस्थित बनेको स्थानीय व्यवसायी बताउँछन् ।

व्यवसायीका अनुसार बजारका साँघुरा सडकमा जथाभाबी पार्किङ गरेपछि अन्य सवारी आवतजावतमा समेत समस्या थपिएको बेसीसहरका व्यवसायी विष्णुनिधि लोहनीले बताए ।

पैदल यात्रुहरूले हिँड्ने ठाउँ पाउनै मुस्किल पर्ने गरेको स्थानीयले गुनासो गरेका छन् । बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाले तोकेको सहजी बसपार्कको पार्किङ क्षेत्रमा सवारीचालकले सवारीसाधन पार्किङ नगरेको बताए ।

नगरपालिकाले यसअघि पनि बजार क्षेत्रका मुख्य र शाखा सडक छेउमा व्यक्तिगत तथा सार्वजनिक सवारी साधन पार्किङ निषेध गर्दै आए पनि सवारी चालकहरूले अटेरी गर्दै आएका छन् ।

बेसीसहर नगरपालिकाले निर्माण सामग्री हटाउन बेलाबेला सूचना जारी गरे पनि सुनुवाइ भएको छैन । नगरप्रमुख अर्यालले भने, ‘मुख्य बजार अस्तव्यस्त भएकाले सुरुमै नगरपालिकाले बसपार्क र जिप पार्कमा पार्किङ गर्नुहोस् भनेर पटक पटक आग्रह गरेका हौं ।’

बेसीसहरको बजार व्यवस्थापनको कमजोरीका साथै कम ट्राफिक भएकाले चालकले पनि नटेर्ने गरेको जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु नेपालीले बताए ।

घर अगाडी सवारी पार्किङ गर्न थालेपछि छोराछोरीको विद्यालय जाने र आउने बेला के घटना हुन्छ भन्ने चिन्ताले पिरोल्ने गरेको स्थानीय बलराम अधिकारीले बताए ।

पसलअगाडि नै पार्किङ गर्दा व्यवसायीलाई समस्या भएको बेसीसहरका व्यवसायी सन्तोष भट्टराई बताउँछन् । ‘सडक किनारामा पार्किङ गर्दा बजारको स्वरूपसमेत बिग्रनुका साथै सडकमा हिँड्ने बाटो नै पाइँदैन,’ उनले भने, ‘बजारको बीचमा ट्रक ल्याउँदा बाटो साँघुरो छ, जाम हुन्छ ।’

सवारी पार्किङ सहज बनाउन अधिकांश सवारी चालकले सवारी पार्किङ गर्न सहज हुने घर भाडामा लिएर बस्ने गरेका छन् । बिहान र बेलुका खाना खान र परिवारको साथमा रहेर सवारीको पनि रेखदेख हुने भएपछि सवारी चालकहरूले सडक छेउको घरको कोठा भाडामा लिएर सवारी पार्किङ गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।