हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाकाे तयारी

दिलमाया शाही /जुम्ला, २० चैत । जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाकाे तयारी गरिएकाे छ । संविधान र बालबालिका सम्बन्धी ऐनले बालविवाह निषेध गरेकाले अभियानलाई सफल बनाउन गाउँपालिकाले पनि बालविवाहमुक्त घोषणा गर्न थालेको हो ।

बालविवाहले नै समाजिक, आर्थिक लगायतका हिंसा निम्त्याएको भन्दै यसलाई रोक्ने हिमा गाउँपालिकाले कार्यविधिसमेत बनाएको छ ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार बालविवाहसम्बन्धी सूचक तयार पारेर विद्यालय र वडा स्तरमा सचेतनाका कार्यक्रम सञ्चालनमा छन् । ‘कक्षा ८ देखि १० सम्मका किशाेरकिशाेरीले पनि बिवाह गरेको पाइयाे । यसलाई राेक्न विद्यालयस्तरमा कक्षा दिन थालिएकाे छ,’ उनले भने ।

गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाका अनुसार केही दिन भित्र बालविवाहमुक्त घोषणा गरिनेछ । सात वटै वडाको तथ्यांक हेर्दा हेर्दा ८२.२ प्रतिशतले बालविवाह रोकिएकाले उनले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बालविवाहको क्षेत्रमा सूचक बनाएयर काम गर्ने यो पालिका भएकाे दाबी गरे । उनका अनुसार बालविवाहमुक्त गाउँ (टोल) हुँदै वडा घोषणा गरिने छ । त्यसपछि पालिकालाई नै बालविवाहमुक्त घाेषणा गरिनेछ ।

जुम्ला जिल्लाका सरकारी वकिल रेनुका राईले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी रहेकाे बताइन् । बालविवाह गर्ने गराउनेलाई ३ वर्ष कैद र जरिवानाकाे व्यवस्था रहेकाे बताउँदै उनले त्यस्ताे विवाह नै स्वतः रद्द हुने बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।