चट्याङ लागेर निधन
ताप्लेजुङ, २० चैत (रासस) : गए राति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको निधन भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो ।
चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पु¥याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृ त घोषित गरेका थिए ।
ज्येष्ठ कम्युनिष्टलाई सम्मान गरिँदै
काठमाडौँ, २० चैत (रासस) : नेकपा (एमाले)ले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ ।सो पार्टीले नेकपा स्थापनाको दिन पारेर सम्मान कार्यक्रम तय गरेको हो । यही चैत ९ र १० गते भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको सो निर्णय थियो ।
विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई पनि सो दिन हरेक पालिकास्तरमै सम्मान गरिनेछ । विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो ।


