बाढीले विद्यालय बगाएपछि टेण्टमा पढाइ

लमजुङ, २० चैत । गत १ असारमा मर्स्याङदी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासों गाउँपालिका-१ तालमा रहेको भानु माविका विद्यार्थी टेण्टमुनी बसेर पढ्नुपरेको छ ।

कक्षा ९ मा अध्ययनरत प्रतिक गुरुङ पनि टेण्टमुनी बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए । जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुँदा टेण्टमुनी पढ्न समस्या भइरहेकाे उनले बताए ।

कक्षा १० मा पढ्ने माया गुरुङ पनि टण्टलापुर घाममा टेण्टमा बसेर पढ्न धेरै गाह्राे भएको बताउँछिन् । विद्यालयमा पढाउने वातावरण नभएकाले चौरमा टेण्ट राखेर पढाइ सञ्चालन गरेको भानु माविका प्रअ श्यामकृष्ण पन्तको भनाइ छ ।

उनी भन्छन्, ‘बाढीले विद्यालय भवन बगाएपछि अहिले बाल कक्षादेखि १० कक्षा सम्मका विद्यार्थीलाई अस्थायी टेण्टमा राखेर पठनपाठन गराउँदै आएका छौँ ।’ विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । ताल गाउँको सिङ्गो बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा परेपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँ नै नभएको प्रअ पन्तले बताए ।

२०३२ सालमा स्थापना भएको विद्यालयको भवन नै बाढीपहिरोले बगाएपछि मनाङसहित लमजुङका विद्यार्थी शिक्षाबाट वञ्चित भएका छन् । मनाङमा रहेको चार माध्यमिक विद्यालयमध्ये तीन वटा विद्यालयमा बाढीले क्षति पुर्‍याएको छ । भानु माविसँगै नासों गाउँपालिका-६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति मावि र सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि पनि मर्स्याङदी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएकाे छ ।

मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । मनाङमा ४ वटा मावि, ८ वटा आधारभुत र १५ वटा प्रावि छन् ।
पठनपाठनमा प्रभावित भएको भन्दै गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्न बजेट विनियोजन गरेको छ । नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले अस्थायी टहरा निर्माणका लागि १० लाख बजेट छुट्याएकाे बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।