पर्यटकको पर्खाइमा मुगुका सामुदायिक होमस्टे

खड्क सुनार/ मुगु, २० चैत । मुगु भन्ने बित्तिकै पर्यटकीय सम्भावना बोकेको जिल्ला र रैथाने अर्गानिक बाली उत्पादन हुने ठाउँ भनेर धेरैले चिन्छन् । मुगु आउनले पर्यटक यहाँका रमणीय पर्यटकीय स्थल घुमेर अघाउँदैनन् । रैथाने खाद्यन्नकाे स्वाद जीवनभरका लागि बाेकेर फर्कन्छन् ।

मुगु आउने पर्यटक रारा ताललाई प्राथमिकतामा राखेर आए पनि फर्कने बेला भनेर मुगुकाे अर्कै तस्बिर बाेकेर फर्कन्छन् । यहाँ रारा ताल मात्रै छैन, रारा जस्तै दर्जनौं पर्यटकीय स्थल पर्यटककाे पर्खाइमा छन् । यिनै पर्यटकीय स्थलका साथै मुगुका सामुदायिक हामेस्टेहरू पर्यटकको पर्खाईमा छन् ।

मुगुमा एक नगरपालिकासहित तीन गाउँपालिका छन् । तिमध्ये कार्मारोङ्ग गाउँपालिका पुग्ने पर्यटक धेरै हुन्छन् । यस गाउँपालिकाको वडा नम्बर ८ मा रहेको माग्री गाउँमा कार्मारोग सामुदायिक होमस्टे सञ्चालनमा छ ।

व्यवसायमा चौपटमा

पछिल्लो समय सामुदायीक होमस्टेमा पर्यटक नआउँदा सुनसान बनेका छन् । माग्री गाँउमा केही वर्ष पहिला सन्चालन गरिएका दुई दर्जनभन्दा बढी सामुदायिक होमस्टे हिजोआज पर्यटक नआउँदा व्यवसाय चौपटमा परेको छ ।

विगतका वर्षहरूमा होमस्टेमा ओइरो लाग्ने गरेकाे पर्यटक आजभोलि पुग्न सकेका छैनन् । पहिला रारा घुम्न आउने पर्यटकहरू एक अवश्य पनि मुगमकामारोङ्ग गाउँपालिकामा रहेका कोइकी हिमाल, छायानाथ मन्दिर, तिहार गुम्बा, ऋणमोक्ष मन्दिर, त्यहाँको लामा समुदायको रितिरिवाज, चाल चलन, साँस्कृतिकलगायत अन्य पर्यटक स्थलहरूमा अवलोक गर्न सकिन्छ ।

जङ्गली जनावर, वन्यजन्तु, वनस्पति आदिको अवलोकन र घुम्न आउने पर्यटकहरूलाई बास बस्न सकस पर्ने हुँदा उनीहरूलाई लक्षित गरी माग्री गाउँमा लाखौं खर्चेर सामुदायीक होमस्टे बनेकाे थियाे । तर, महामारी र अन्य कारणले हाेमस्टे बन्द भई व्यवसायनै चौपटमा परेको होमस्टे सञ्चालक पेमा कुन्साङ्ग तामाङ्गले बताइन ।

रैथाने बाली पहिलो प्राथमिकतामा
होमस्टेमा आउनेहरूलाई आरमदायी बाससँगै स्थानीय उत्पादन फापर, कोदाको रोटी, सिस्नो, नाफल, आलु, कागुनो, चिनोबाट बनाएकाे ढिडो, रोटी, भात, खुवाउने र स्थानीय साँस्कृतिक रीतिरिवाजको प्रदर्शनी समेत गर्ने गुम्बा, मठ मन्दिर, हिमाल, वन्यजन्तु, वनस्पति अवलोकान समेत गराउने स्थानीय होमस्टे सन्चालकहरूको बुझाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖