लेक लागे भेडी गोठ

मनाङ, २० चैत । जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ । हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन् ।

गर्मी बढेपछि हिमपात नहुने भएकाले बेसीबाट लेकतर्फ चौँरी तथा भेडी गोठ सारिएको हो । गर्मी लागेपछि बेसीमा अन्न बाली लगाउने समय हुने तथा चरन क्षेत्रमा घाँस सकिँदै जाने भएकाले पनि चौँरी तथा भेडाहरु बेसीबाट लेकतिर जान खोज्ने गरेको पशुपालक व्यवसायी बताउँछन् । त्यस्तै लेकमा जाडो बढेपछि पशुहरु बेसीतर्फ झर्न चाहने गरेको उनीहरु बताउँछन् ।

उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने चौँरी तथा भेडाले धेरै चिसो पनि सहन सक्दैनन् भने बढी गर्मीमा पनि बस्न रुचाउँदैनन् । परम्परागत पशुपालन व्यवसायमा लागेका चामे गाउँपािलका–१ तिमाङका कान्छा गुरुङ चरन क्षेत्र हेरी घुम्ती गोठ बनाउँदै जेठसम्ममा करिब चार हजार मिटरको उचाइसम्म चौँरी तथा भेडी गोठ पु¥याउनुपर्ने बताउनुहुन्छ ।

चौँरी तथा भेडालाई बहुउपयोगी जनावरका रूपमा लिने गरिन्छ । चौँरीको दूधबाट चीज, मखन तथा छुर्पी बनाइन्छ भने भेडाको ऊनबाट कम्मल, राडी, स्विटर बनाउन प्रयोग गरिन्छ । भेडाको घ्यू औषधिका रूपमा पनि प्रयोग गरिन्छ । केही वर्ष अघिसम्म भेडीगोठ उल्लेख्यरूपमा रहे पनि क्रमशः चरन क्षेत्रको अभाव, वन्यजन्तुको आक्रमण, जनशक्तिको अभावलगायतका कारण घट्दै गएको पाइन्छ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने सबै समुदायको पुख्र्यौली पेसा मानिएको चौँरी तथा भेडा पालन व्यवसायलाई तीनै तहका सरकारले यथोचित सहयोग गरेमा वैदेशिक रोजगारको मोहका कारण सङ्कटमा पर्दै गएको यस पेशामा संलग्न व्यवसायीहरुको आयआर्जनमा सहयोग पुग्ने विज्ञहरु बताउँछन् । सरकारले यस पेशालाई विस्थापन हुनबाट जोगाउनुपर्ने अवस्था छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖