स्याउ–बगैँचा फुलेर ढकमक्क

विजय रावत/खलङ्गा, १७ वैशाख । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ ।

जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिनुहुन्छ । उहाँले भन्नुभयो, “जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ ।” उहाँका अनुसार चैत वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महिनामा पाक्ने गरेको छ ।

इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर स्याउखेती गरेसँगै अहिले जिल्लाभरि उक्त जातको स्याउ फैलिएको छ । यहाँका आठवटै स्थानीय तहमा स्याउखेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख गङ्गा पोखरेलले जानकारी दिनुभयो ।

अहिले जिल्लाभर तीन जातका स्याउ फल्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यहाँ गोेल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् । अधिकांश स्थानमा स्थानीय अर्गानिक विकासे स्याउ पनि फल्ने गरेका छन् । जुम्लाको स्याउले सुर्खेत, नेपालगञ्ज, धनगढी, काठमाडौँ, पोखरालगायत देशका ठूला सहरमा पनि निकै आकर्षक बजार लिएको छ ।

पछिल्लो समय जिल्ला बाहिर स्याउको माग पनि बढ्दै गएको छ । जुम्ली स्याउको माग बजारमा अत्यधिक हुने गरेको स्थानीय व्यापारी बताउँछन् । पछिल्लो समयमा यहाँका स्थानीय तहका गाउँघरसम्म सडक सञ्जाल जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको स्याउ किसान पदम बुढाले बताउनुभयो ।

पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् ।

जुम्लाको कूल ३९ हजार ४३५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसको तीन हजार ७०० हेक्टर जमिनमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालीले १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा भाडामा लिएर फुजी स्याउखेती गरेको छ । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ ।

यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउखेतीमा आकर्षण भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।