उदयपुरमा हजुरआमाको ह’त्या गरेको आरोपमा नातिनी पक्राउ

उदयपुर, २१ वैशाख । हजुरआमाको ह’त्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन् । त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको ह’त्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

घरमा कोही नभएको बेला शंकास्पद रुपमा मृत भेटिएकी सुखनीदेवी चौधरीको नातिनीले ह’त्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट बिशेष टोली गठन गरी अनुसन्धान गर्ने क्रममा मृ’तककी नातिनी त्रियुगा नगरपालिका वडा नम्बर १३ बहेडवा बस्ने वर्ष २४ की ममता चौधरीले ह’त्या गरेको पाइएको हो । अनुसन्धान टोलीले घटनाको केही दिनपछि ह’त्या भएको प्रमाण सहित नातिनीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटना भएको दिन ममता चौधरी माइतीघर हंसादेबी चौधरीको घर गई रक्सी पार्दै गर्दा मृ’तकको श्रीमान बच्चुलाल चौधरी गाईघाटतर्फ गएको अवस्थामा मृ’तकले ममता चौधरीलाई टिभी खोल्नका लागी घरमा बोलाएकी थिइन् ।

टिभि हेर्ने क्रममा नातिनी र हजुरआमाबीचमा बिबाद उत्पन्न भएको थियो । बिबाद हुँदा ममता चौधरीले सुखनीदेबी चौधरीलाई लात्तिले हानी भुईमा लडाई घाँटी थि’चि ह’त्या गरि मृ’तकलाई खाटमा सुताई भागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।