सांगुरीगढीका राई मोरंगबाट यसकारण परे पक्राउ

मोरङ,बैशाख २२ । ला’गुऔ’षध मुद्दाका १ जान फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । गत चैत्र ३० गते मोरङको बिराटनगर महानगरपालिका-१९ मा को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १२० केजी गाँ’जा ब’रामद भएको थियो ।

पिकअपबाट गाँजा बरामद भएता पनी फरार रहेका पिक अप चालकलाई बैशाख २० गते धरानको सुनसरीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँघुरीगढी गाउँपालिका-८ का ३९ बर्षीय झगेन्द्र राई रहेका छन् । राईले नि’यन्त्रीत ला’गु’औ’षध गाँ’जा पिकअपमा लोड गरी सिमाक्षेत्रबाट भारतिय बजार लैजान लाग्दा मोरङको बुधनगरमा पिकअप छाडी फरार भएका थिए ।

ला’गुऔ’षध ओसार पसार गर्ने राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउने सरकारको दायित्व होः गृहमन्त्री खाण
राजविराज, २२ वैशाख (रासस) :गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भन्नुभएको छ ।

सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा आज उहाँले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन पनि दिनुभयो । गृहमन्त्री खाणले लोकतन्त्रलाई मजबुत बनाउनका लागि आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मैत्रीपूर्णरूपमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह पनि गर्नुभयो ।

निर्वाचन सम्पन्न भएपछि देशले परिर्वतनको गति लिने भन्दै नेपाली कांग्रेस लोकतन्त्रको रक्षा गर्ने पार्टी भएको बताउनुभयो । गृहमन्त्री खाणले मुलुकमा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसलाई मत दिन आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिनेशकुमार यादवले आगामी निर्वाचनमा समग्र नागरिकका एजेण्डालाई समेटेर अघि बढेकोले निर्वाचनपछि मुलुकको सबैभन्दा ठूलो दल बन्ने जिकिर गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।