घर नजिकैको बारीमा १५ वर्षीया किशोरीलाई बस्नेतले यस्तो गरेपछि

तेह्रथुम, २५ वैशाख । १५ वर्षीया किशोरीलाई यौ’न दु’र्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालिगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेत रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौ’न दु’र्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मतदान केन्द्रमा सामग्रीसहितको टोली प्रस्थान
मकवानपुर, २५ वैशाख (रासस) :मकवानपुरको एक नगरपालिकासहित आठ स्थानीय तहका विभिन्न मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पठाइएको छ ।
आठ गाउँपालिका र थाहा नरपालिकाका विभिन्न मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आ–आफ्नो मतदान केन्द्रमा आजै प्रस्थान गरिसकेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, हेटौँडा उपमहानगरपालिकाको १११ मतदान केन्द्रमा भोलि सोमबार मतपत्रसहित निर्वाचन टोली खट्ने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, मकवानपुर जिल्लाको आठ गाउँपालिका, थाहा नगर र हेटौँडा उपमहानगरपालिकासमेतका ३५६ मतदान केन्द्रमा कूल एक हजार ७७० जना निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र सरकारी कर्मचारी खटाइएको छ ।

जिल्लाको सबै मतदान केन्द्रमा निर्वाचन सु–व्यवस्थित रुपमा सञ्चालन गर्न प्रत्येक निर्वाचन अधिकृतले तीन जना स्वंयमसेवकको नियुक्ति गरी काम थाल्नेछन् ।

मकवानपुरमा जिल्लाको विभिन्न अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रको छनोट गरी सशस्त्र प्रहरी, जनपथ प्रहरी सुरक्षाको लागि परिचालन गरिएको र प्रत्येक मतदान केन्द्रको बाहिरी घेरामा नेपाली सेनाको जनशक्तिलाई निगरानीको रुपमा राखिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले राससलाई बताउनुभयो ।

मकवानपुर जिल्लामा २ लाख ९४ हजार ९ सय १९ जना मतदाता छन् । निर्वाचन आयोगले पठाएको ३ लाख २५ हजार मतपत्र जिल्लामा आइपुगेको तथा गाउँपालिका र नगरमा मतदाता संख्या अनुसार मतपत्रसहितका सामग्री पठाउन तयारीसमेत भैसकेको श्रेष्ठले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖