लामावासीको गुनासो : टावर आएन, भोट केमा हाल्ने ?

खड्क सुनार/मुगु । सदरमुकाम गमगढी बजारदेखि झण्डै दुई/तीन दिन पैदल यात्रा हिँडेर डोल्फु पुगिन्छ । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका-१ स्थित उक्त गाउँमा लामा समुदायको बाहुल्यता छ । डोल्फु गाउँमा अन्य जातिभन्दा लामा समुदायका मानिस बस्छन् ।

उक्त गाउँमा ४६ घरधुरी रहेका छन् । स्थानीयको मुख्य पेसा यार्सागुम्बालगायत विभिन्न प्रकारका जडीबुटी संकलन गरी बिक्री गर्नु रहेको छ ।

लामा समुदायले घर पालुवाको रूपमा हिमाली क्षेत्र पाटन तिर अवस्थित चौरी, घोडाघोडी पाल्ने गरेका छन् । यो क्षेत्र भनेकै मुगु जिल्लाको हिमाली क्षेत्रमा पर्छ । यो स्थानमा चिसो बढी हुन्छ ।

हिउँद महिनामा हिउँ पर्ने भएकाले केही व्यक्ति सोही गाउँमै बस्छन् । केही व्यक्ति बसाइसराइ गरेर आफ्नो पाइक पर्ने स्थानमा गएर बस्छन् । चिसो महिनालाई जेनतेन कटाएर तातो महिना सुरु भएपछि फागुन महिनामा गाउँघर सम्झेर जाने गरेको स्थानीय तेन्जिङ छोई साङ लामाले बताए ।

दुःख पोख्दै उनले डोल्फु गाउँ त मुगु जिल्लाको अन्तिम गाउँ हो । यो गाउँको छिमेकी देश चाइनासँग सीमा जोडिएको छ । तर, डोल्फुवासीको ठूलो समस्याको रूपमा टेलिफोनको टावर नहुनु रहेको उनले बताए ।

पहिले हेलो नेपालको टावर भए पनि बन्द भएको धेरै वर्ष भएको उनी बताउँछन् । टाढा रहेका आफन्तसँग कुरा गर्नका लागि करिब एक घण्टा हिँडेर नोरकी लेख डाँडामा पुग्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

फोन टावर मर्मत, नयाँ टावर जडानको लागि जिल्लास्थित सरोकारवाला निकायलाई भन्दा पनि कुनै सुनुवाइ नभएको लामाको गुनासो छ । उनले नेताहरूलाई वर्षौं बित्दा पनि टावर नआएको गुनासो गर्दै भोट केमा हाल्ने भनेर प्रश्न गरिरहेको बताउँछन् ।

२०७४ सालको तीनै तहको चुनावमा यहाँका नेताहरूले गाउँमा समस्या समाधान गर्ने भन्दै भोट मागेको भए पनि अहिलेसम्म समस्या ज्युकात्यु रहेको कार्मारोङ्ग गाउँपालिका-१ का वडा सदस्य घोन्बु लामा (तामाङ) बताउँछन् ।ले बताए ।

उनी भन्छन् फेरी ५ वर्ष पछि स्थानीय तहको चुनाव आए छ , टावर छैन , कुरा गर्न पाएको छैन , भोट के मा हाल्ने हो , कस्तो हाल्ने हो , कसलाई हाल्ने हो ? भनेर नेताहरू लाई ब्यङग्य गरेका छन् । अहिले पनि उनीहरू सञ्चार क्षेत्र बाट वञ्चित भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।