ट्रक दुर्घटनामा दुई जनाको मृ’त्यु

म्याग्दी, २८ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृ त्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पु¥याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृ त्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन् । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । सडकबाट करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो । नारच्याङमा निलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरिखोला र निलगिरिखोला क्यासकेट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।