आज र भाेलि यी प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडाैं, २९ वैशाख । आज र भाेलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाकाे आँकलन गरिएकाे छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ‘असानी’ नामक चक्रवातकाे असरका कारण वर्षाकाे आँकलन गरिएकाे हाे ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ ।

महाशाखाका अनुसार आज दिउँसाे प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ ।

राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।