उर्लेनीमा पहिरो: स्थानान्तरणसँगै नदी कटान र खेत संरक्षणको माग

सिन्धुपाल्चोक, १४ भदौ । गत साउन २७ गते गएको पहिराको कारण हेलम्बु गाउँपालिका–५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन् । तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे तापनि पहिराले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च जोखिममा रहेको उर्लेनीका पहिरो प्रभावित कान्छामान तामाङले जानकारी दिनुभयो ।

अहिले गाउँपालिकाले उपलब्ध गराएको टेण्टमा बसेका प्रभावितले कष्टपूर्ण दैनिकी बिताइरहनुपरेको छ । पहिरो गएलगत्तै वडा कार्यालय र गाउँपालिकाले त्रिपाल, टेण्टलगायतका सामग्री उपलब्ध गराएको थियो । तत्कालै अन्यत्र सरेर बसेका प्रभावित स्थायीरूपमै स्थानान्तरण हुन चाहन्छन् ।

उर्लेनीको बिसौनीबाट साप्रेसम्म करिब पाँच सय मिटर लामो पहिरो खस्दा त्यहाँका नागरिकको जनजीवन कष्टकर बनेको हो । तत्कालै २१ घर मात्र उच्च जोखिममा रहे पनि सिङ्गो गाउँ नै पहिराको जोखिममा रहेको तामाङले बताउनुभयो । पहिराले बस्तीमात्र होइन, तालामाराङ खोला आसपासका सयौँ रोपनी खेतीयोग्य जमिनसमेत जोखिममा छन् ।

हेलम्बु गाउँपालिका–५ मा पहिरो गएपछि दैनिक खोला बाढी आउने र मेलम्ची नगरपालिका–६ का नदीतटीय क्षेत्रका खेत धमाधम कटान भइरहेको स्थानीय सानोकान्छा तामाङले जानकारी दिनुभयो । यसका कारण केही बस्ती र खेतीयोग्य जमिन थप उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । पहिरो प्रभावितसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै वडाध्यक्ष दीपकुमार तामाङले प्रभावितको माग र आवश्यकताका आधारमा गाउँपालिका र अन्य निकायसँग स्थानान्तरणसँगै स्थायी आवास निमार्णका लागि पहल गर्ने बताउनुभयो ।

उहाँले गाउँपालिकाको स्रोतले मात्रै नभ्याउने भन्दै प्रदेश र केन्द्र सरकारसँग पटक–पटक आग्रह गर्दा कुनै चासो नदिएकोप्रति गुनासो गर्नुभयो । गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पहिराको उच्च जोखिममा रहेका स्थानको पहिचान गरी आगामी दिनमा स्थानान्तरणका लागि विज्ञसहितको टोलीलाई अध्ययन गर्न लगाउने बताउनुभयो ।

आगामी दिनमा गाउँपालिकाबाट गर्नुपर्ने र गर्नसक्ने काम गर्न गाउँपालिका तयार रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । पहिराको जोखिम कायममै रहेकाले आवश्यक सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।