लमजुङमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो

लमजुङ, १५ असोज । लमजुङका पर्यटकीय गाउँहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो । दशै बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर जाने गरेका हुन् ।

होमस्टे व्यवसायीहरु पर्यटकको स्वागत सत्कार, सांस्कृतिक कार्यक्रम, पाहुनाको व्यवस्थापन, बिदाइलगायतका काममा व्यस्त हुन थालेका छन् । पछिल्लो समय लमजुङ ग्रामिण पर्यटनको हबसमेत बन्दै गएको छ । सार्कराष्ट्रकै नमुना स्मार्ट भिलेज घलेगाउँ ,काउलेपानी होमस्टे, राइनासकोट होमस्टे ,बेसीशहरको खासुर, खुदीको सिउरुङ, मस्र्याङ्दीको हर्सिङडाँडा, घेर्मुको रकगार्डेनलगायतका गाउँमा यतिबेला पर्यटकहरु पुगेका छन् ।

घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले गाउँमा पर्यटकको सङख्या बढेको बताए । पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरुको ब्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक विष्णु गुरुङ बताउँछिन् ।

यस्तै, लमजुङको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा रहेको गाउँशहरको काउलेपानी होमस्टेमा पनि पर्यटक आगमन बढेको छ । अहिले दैनिकरुपमा पारिवारिक एवं समूहगत रुपमा पाहुना आउन थालेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।