राजेन्द्र लिङ्देनले जित दोहाेर्‍याउनेमा राप्रपा ढुक्क

झापा, १ मंसिर । आउँदो आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुने दाबी राप्रपाले गरेको छ । २०७४ सालमा भएको निर्वाचनमा झापा ३ बाट निर्वाचित भएका लिङ्देन सोही क्षेत्रमा यसपटक दोस्रो जितको खोजीमा छन् । उनको जित निश्चित रहेको राप्रपा झापा अध्यक्ष केशव ओझा दाबी गर्छन् । 

झापा–३ मा सत्तारुढ गठबन्धनबा कांग्रेसका कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा सिटौला र राप्रपा अध्यक्ष लिङ्देनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । लिङ्देनलाई एमालेको समर्थन छ । एमालेको समर्थन, स्थानीय तहको मतपरिणाम र चुनावी प्रचारमा देखिएको मतदाताको उत्साहले लिङ्देनको जितलाई सुनिश्चित गरेको राप्रपाको दाबी छ । 

लिङ्देनसँग २०७४ सालको निर्वाचनको बदला लिने उद्देश्यसहित कृष्णप्रसाद सिटौला चुनावी मैदानमा उत्रिएका छन् । तर, ६ महिनाअघि मात्र भएको स्थानीय तह निर्वाचनको परिणामलाई हेर्ने हो भने सत्तारुढ गठबन्धन ९ हजार ५८ मतले पछि छ । अझ स्थानीय तहको निर्वाचनमा कचनकवलमा एमाले र कांग्रेसबीच तालमेल भएको थियो। जहाँ ६ वटा वडामा कांग्रेस विजयी भएको थियो । तर, अहिले एमालेले राप्रपालाई सहयोग गर्नेछ । 

स्थानीय तहको मतपरिणामलाई आधारमा मान्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २५ हजार ९४९ मत पाएका थिए । दोस्रोमा राप्रपाका वडा अध्यक्षले २१ हजार १५९,  तेस्रोमा एमालेको २१ हजार ८५ मत, चौथोमा माओवादी केन्द्रको ६ हजार ६८८ मत, पाँचौँमा जसपाको ५३७ मत, छैटौँमा लोसपाको २०८ मत र एकीकृत समाजवादीको १२ मत छ ।

यसरी हेर्दा एमाले र राप्रपाको मत जोड्दा ४२ हजार २४४ हुन्छ भने सत्तारूढ गठबन्धनको ३३ हजार १८६ मत देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेसलाई सघाएको एमालेले अहिले राप्रपालाई समर्थन गरेको छ । 

जसकारण स्थानीय तह निर्वाचनको भन्दा अहिले राप्रपाको मत बढी आउने राप्रपा नेताहरु बताउँछन् । सिटौलालाई हराउन सकिने स्थानीय तहकै मतपरिणामको आधारमा भन्न मिल्ने अध्यक्ष ओझा बताउँछन् । 

कांग्रेसमा सिटौलाको राजनीतिक साख गिर्दै गएको र धर्मनिपेक्षताजस्ता केही विवादास्पद घोषणा गराउन सिटौलाको भूमिकालाई जनताले बुझेकाले पनि उनको पराजयलाई सहयोग गर्ने राप्रपाको बुझाइ छ । 

पटक पटक सत्तामा पुग्दा सिटौलाले डुबान, नदी कटान, हात्ती आतंकजस्ता समस्या समाधानमा चासो नदिएको र यस समस्या समाधानमा लिङ्देनले काम गरेकाले पनि सिटौलाको पराजय र लिङ्देनको जितलाई मजबुद बनाएको राप्रपाको बुझाइ छ । 

पार्टी अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनको लोकप्रियता बढेको, राप्रपाप्रति आममतदाताले आशा राखेको, भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हुने बताएका लिङ्देनको जितलाई सिटौलाले रोक्न नसक्ने राप्रपा झापा अध्यक्ष केशव ओझा बताउँछन् । यता लिङ्देनलाई पराजित गरेर बदला लिन दाउमा छन् सिटौला पनि । उनी पनि यसपटक लिङ्देन पराजित हुने दाबी गर्दै आएका छन् ।

 

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।