‘भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन’

काठमाडौँ, १० पुस (रासस)ः सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको समान महत्व हुने बताउनुभएको छ ।

सन्त निरंकारी मण्डल नेपालद्वारा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोलस्थित नवनिर्मित सत्सङ्ग भवनमा शनिबार आयोजित बृहत् सत्सङ्ग कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव हितका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन, आध्यात्मिक र भौतिक विकास एकसाथ अगाडि लैजानुपर्छ ।”

सन्त निरंकारी मिसनका वर्तमान सत्गुरु सुदीक्षाजी हुनुहुन्छ । विश्वमा मानव एकता, भाइचारा र शान्ति स्थापनाका लागि सन्त निरंकारी प्रयत्नशील रहेको जनाइएको छ । नेपालमा सन् २०२० देखि सत्सङ्ग सुरुआत भएको थियो । हाल देशको ३५ जिल्लाका विभिन्न स्थानमा नियमितरूपमा सत्सङ्गहरू सञ्चालित रहेका कार्यक्रममा जानकारी दिइयो ।

सो मानवीय सस्थाले वृक्षरोपण, सरसफाइ, रक्तदान, आँखादान, प्राकृतिक आपत्विपद्मा पीडितको उद्धारजस्ता सामाजिक कार्यमा सक्रिय सहभागी भई योगदान दिइरहेको छ । धर्मले जोड्छ, तोड्दैन, धर्म होइन भावना परिर्वतन गरौँ, प्रदूषणभित्र होस् या बाहिर दुवै हानिकारक हुन्छन्, जस्ता भनाइलाई आत्मासात गर्दै ब्रम्हज्ञानमार्फत आफ्नो जीवनको कल्याणका लागि निरंकारी सन्त सेवा, सत्सङ्ग र सुमिरणमा निरन्तर लागिरहेको सस्थाले जनाएको छ । साथै मानव जीवनको लक्ष्य ईश्वरलाई जान्नु हो र यो कार्य समयका सत्गुरुको माध्यमबाट मात्र सम्भव छ भन्ने संस्थाको विश्वास रहेको छ ।

सो कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले मण्डलको भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकार तथा स्थानीय सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनुभयो । सुदूरपश्चिम प्रदेश सभासदस्य मेघराज खड्का, मानबहादुर रावल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा प्रेम कुँवर, समाजसेवी भरतकुमार स्वाँर, जिल्ला समन्वय समिति अछामका पूर्वसभापति नरबहादुर कुँवर कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

सो कार्यक्रममा सन्त निरंकारी सेवादल विभाग, टीकापुर क्षेत्रीय सञ्चालक नरबहादुर बटाला, काठमाडौँ क्षेत्रीय सञ्चालक बाबुराज महर्जन, केन्द्रीय सचिव अनिल महर्जन, सहसचिव नरबहादुर विश्वकर्मालगायतले सत्सङ्गका विविध पक्षमाथि जानकारी गराउनुभएको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।