म्यानमारबाट पुर्खाको जन्मभूमि नेपाल पुग्दा… (भिडियो सहित)
बिभिन्न बहानामा गाँउघर तथा देश छाड्ने छाड्ने प्रचलन नेपाली समाजमा पुरानै प्रचलन हो । तर त्यहि पिता पुर्खाको जन्मभुमी पछिल्लो पुस्तालाइ कति महत्ब हुन्छ भन्ने बुझ्न यहि एक उदहारण काफि छ । एक ८१ बर्षिय बृद्ध आफ्नो पाको उमेरको प्रवाहै नगरी कहिलै नदेखेको पिता पुर्खाको जन्मभुमी खोज्दै म्यानमारवाट धनकुटाको चुङ्गमाङ्ग सम्म आइपुग्नु भयो ।
म्यानमारमै जन्मिएर उतै जिन्दगी बिताउनु भएका उहाँलाइ जीवनको उत्तरार्धमा भने पिता पुर्खाको जन्म भुमीले तान्यो । त्यसैले त उहाँ यो पाको उमेरको समेत प्रवाह नगरी पिता पुर्खाको जन्मभुमी हेर्न नेपाल आउनु भयो ।
उहाका पिता चन्द्रकान्त पोख्रेल हालको धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर १० चुङ्गमाङ्गमा जन्म भएको थियो । त्यहि चुङ्गमाङ्ग हेर्न उहाँ ८१ बर्षको उमेरमा म्यानमारवाट नेपाल आउनु भयो । पिता पुर्खाको जन्म भुमीको दर्शन गर्नु भयो । बच्चै देखि बुवाको मुखवाट यो ठाँउको बारेमा सुनेपनी बल्ल पुग्ने अबसर प्राप्त गरेको उहाँ बताउनु हुन्छ ।
चन्द्रकान्त पोख्रेल मोहनलाल पा्ख्रेलका कान्छा छोरा हुनुहुन्थ्यो । मोहन लालका ३ छोरा मध्ये जेठा छोरा लोकनाथ र माहिला छोरा चुङ्गमाङ्गमै रहनु भयो । तर कान्छा छोरा चन्द्रकान्त भने म्यानमार तर्फ १९७२ सालमा १५ बर्षको उमेरमै लाग्नु भएको थियो । म्यानमार पुगेर उतै घरजाम गर्नुभयो उतै परिबार हुर्काउनु भयो । चन्द्रकान्त पोख्रेलले जिबनको उत्तरार्धमा नेपाललाइ धेरै सझिए पनि नेपाल आउन भने पाउनु भएन ।
बुवाले चर्चा गरेकै कारण पनि नेपाल आउने इच्छा पलाएको तर उमेर भरी बिभिन्न कारणले आउन नपाएपनि उत्तरार्धमा भने आइपुगेको उहा वताउनु हुन्छ । उहा संग अहिले उहाँको छोरी समेत आउनु भएको छ । पिता पुर्खाको जन्म गाँउ एक तिर्थ जस्तै भएको उहाको भनाइ छ । पिता पुर्खा जन्मिएको र आफु जन्मिएको देशको आआफ्नै महत्व रहेकाले दुबैको तुलना नहुने उहाहरुको भनाई छ ।
अझ अनौठो संयोग त त्यहाँ पिता पुर्खाको गाँउको दर्शन मात्र भएन १०७ बर्ष पछि छुटेका परिवार अर्थात मोहनलाल पा्ख्रेलका परिवार अन्य संग समेत भेट भयो । म्यानमारमा हुने गंगा प्रसादलाइ नेपालमा आफ्ना दाजुभाइ छन् भन्ने लागे पनि नेपालमा हुने उहाहरुको आफन्तलाइ यत्तिको समय सम्म उहाहरु हुनुहुन्छ र भेट होला भन्ने सम्म पनी लागेको थिएन । तर दैब संजोग १०७ बर्ष पछि उहाहरु बिच भेट भएको छ ।


